उपत्यकावासीले अब कोटेश्वरको सवारी जामबाट राहत पाउने, हुँदैछ यस्तो तयारी


प्रकाशित मिति : कार्तिक १२, २०७५ सोमबार

कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ।

पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो। त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ।

रु १२ करोडको लागतमा उक्त दोभानदेखि बालकुमारीसम्मको सडक निर्माणलाई द्रुतगतिमा निर्माण कार्य अघि बढाइएको छ। कोटेश्वरको सवारी चापलाई नै मुक्त बनाउन मनोहरामा बेलिब्रिज निर्माणको कार्यसमेत शुरु गरिएको छ। बेलिब्रिज तथा करिडोर निर्माण सम्पन्न भएपश्चात् कोटेश्वर जडीबुटीमा सवारीको चापबाट उपत्यकावासीले मुक्ति पाउने विश्वास लिएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले आगामी दुई महीनाभित्र दोभानदेखि बालकुमारीसम्म कच्ची सडक निर्माण गरिसक्ने र कोटेश्वर जडीबुटीको चाप खुकुलो गर्न जस्तोसुकै विकल्प प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिडोर निरीक्षणपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले प्रशासनिक ढिलासुस्ती तथा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले मनोहरा नदीमा ढल हाल्ने काममा ढिलाइ भएको बताए। त्यस्तै उनले आगामी दिनमा त्यसप्रकारका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताए।

डिभिजन कार्यालय भक्तपुरका डिभिजन इञ्जिनियर बेदबहादुर भुजेलले भक्तपुर र ललितपुर जोड्ने मनोहरा–हनुमन्ते नदीको दोभानमा रहेको पुल निर्माणका लागि टेण्डरको प्रक्रिया अघि बढाई कार्य अघि बढाइएको जानकारी गराए।

मनोरम समाजका अध्यक्ष विश्वबन्धु बास्तोलाले सडक सञ्चालन गर्न अवरोध गर्ने घाटालाई अन्यत्र प्रतिस्थापन गरी यातायात सञ्चालन गर्न सहज वातावरण सिर्जना गराउने प्रतिबद्धता व्यक्त गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com