पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक


प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार

पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।

श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ ।

अन्तिम राजा ज्ञानेन्द्र शाहले श्रीपेच लगाएका थिए । गणतन्त्र स्थापनापछि उनले सुरुमा श्रीपेच हस्तान्तरण गर्न चाहेका थिएनन् । तर, सरकारले राम्रो नहुने चेतावनी दिएपछि नेपाल सरकारलाई हस्तान्तरण भयो । लामो समयसम्म श्रीपेचलाई डिजिटल पासवर्ड प्रणाली भएको दराजमा राखिएको थियो ।

Online Khabar

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com