स्वयम्भुका किशोर १३ दिनदेखि सम्पर्कविहीन ! कृपया यो सूचना जानकारीको लागि सक्दो शेयर गर्नुहोला


प्रकाशित मिति : आश्विन २४, २०७५ बुधबार

त्रिपलजेम बोर्डिङ स्कुल स्वयम्भुमा अध्ययनरत कक्षा ७ का छात्र देवराज लामा (१४) असोज ११ गतेबाट हराएका छन्। बडेगल १५ स्वयम्भु निवासी देवराजका पिता कुमार लामा नेपाल आर्मीमा कार्यरत छन्। बिहान ५ः३० बजे मर्निङ वाकमा निस्केका देवराज एक्कासी घर नआएपछि खोजीकार्य सुरु गरेको उनले बताए। ‘मेरो बाबु ५ः३० मा वाकमा गएर ७ बजे सम्म कोठामा आइपुग्थ्यो, असोज ११ गते ढिलासम्म नआएपछि प्रहरीमा खबर गरेका हौं’, उनले भने।

१३ दिनदेखि देवराजको खोजी कार्यमा रहेका पिता कुमारले स्वयम्भु आसपास देबराज जाने प्रत्येक ठाउँमा सोधखोज गरिरहेको बताए। चार जना परिवारमा जेठो सन्तानका रुपमा रहेका देवराज बिहानैबाट हराएपछि परिवारजन निकै तनावग्रस्त छन्।

कराँते सिक्दै गरेका देवराजले कराँते जान छोडेपछि बुबा कुमारले संगै विहान वाकमा लैजाने गर्थे। उनले भने, ‘१४ दिनको छुट्टीमा घर आएको बेला छोरा (देवराजलाई) स्वयम्भुमा मर्निङवाक गराउने र मन्दिर नजिकै हल्का कसरत गराएर बानी पारेको थिए, पछि आफै एक्लै जान गथ्र्यो।’

हराएका बालक देबराज एक्लै वाकमा जान थालेको चार महिना भैसकेको उनले बताए। स्वयम्भुमा मन्दिरमा रहेको सिसी क्यामरा अनुसार ५ः३६ मा सरस्वती मन्दिरमा योग गरिरहेको देखाएको उनले जानकारी दिए। ‘एकपटक बाबुले मलाई नयाँ अंकलले योग सिकाउनु हुन्छ भनेको थियो, कतै त्यहीँ मान्छेले पो ललाई फकाई लगेको हो की?’ उनले आशंका गरे।
देवराजले भेट्ने हरेक मानिस, हरेक ठाउँमा गएर सोधपुछ गरेको उनले बताए। ‘छोरा घर नआएपछि स्वयम्भुको जंगल सबै भौतारिदै खोजे, तर मेरो बाबु भेटिन’, कुमार भक्कानिए। कुमारले काठमाडौं, नुवाकोटमा रहेका सम्पूर्ण आफन्तलाई सोधेपनि देवराजको कतै खबर नपाएको उनले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देवराज घरपरिवारसंग सम्पर्कबिहीन भएपछि स्वयम्भु प्रहरी प्रशासनमा गएर रिपोर्ट गरि खोजी कार्य सुरु गरेको उनले बताए। प्रहरी प्रशासनबाट राम्रो सहयोग पाएको उनी बताउँछन्। ‘सबैले सहयोग गरे पनि देबराज कहाँ गएको? के कारणले बेपत्ता भएको भन्ने कारण पत्ता लगाउन गाह्रो भएको छ’, उनले भने। देबराज लामालाई कसैले देखेको खन्डमा (९८६०११८६१०, ९८२३२८९८१८) खबर गरी सहयोग गर्न वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com