नेपालीहरुको महान् पर्व दशै नजिकिदै गर्दा बझाङको बुङ्गल नगरपालिका ५ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
बझाङको बाग्थलाबाट बुगलको बिजगडा जादै गरेको से १ ज ७२६ नवम्बर जिप दुर्घटना हुँदा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ८ जना पुरुष ,१ महिला ,२ जना बच्चा सहित गरि ११ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेको उपचार देउरा प्राथमिक स्वास्थ्य चौकीमा भइ
रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेको नाम खुल्न सकेको छैन भने दुर्घटना के कारणले भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।