बझाङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु ,११ घाइते


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

नेपालीहरुको महान् पर्व दशै नजिकिदै गर्दा  बझाङको बुङ्गल नगरपालिका ५ मा  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बझाङको बाग्थलाबाट बुगलको बिजगडा जादै गरेको से १ ज ७२६ नवम्बर जिप दुर्घटना हुँदा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ८ जना पुरुष ,१ महिला ,२ जना बच्चा सहित गरि ११ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेको उपचार देउरा प्राथमिक स्वास्थ्य चौकीमा भइ
रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेको नाम खुल्न सकेको छैन भने दुर्घटना के कारणले भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com