छोरा मोडल आमा फेशन डिजाइनर, बाथरुममा भेटियो आमाको शव, छोरा पक्राउ
प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार
भारतको मुम्बईस्थित ओशीराम क्षेत्रमा फेसन डिजाइनर सुनिता सिंहको शव बाथरुममा फेला परेका थिए। हत्याको आरोपमा प्रहरीले उनकै छोरा लक्ष्यलाई पक्राउ गरेको छ। उनका छोरा एक मोडल हुन्।
४५ वर्षीय सुनिताको शव शुक्रबार उनी बस्ने फ्याटको बाथरुममा भेटिएको थियो। उनको टाउकोमा चोट लागेको थियो। उनी बेहोस् अवस्थामा भेटिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। तर डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले यस मुद्दामा उनकै २३ वर्षीय छोरालाई पक्राउ गरेको छ। उनी पेषाले मोडल हुन्। रिर्पोटका अनुसार सुनिता र लक्ष्यबीच कुनै कुरालाई लिएर विवाद भएको थियो। यसै क्रममा आक्रोशमा रहेका लक्ष्यले आफ्नी आमालाई धक्का दिए। त्यसपछि उनी बाथरुममा गएर लडिन्। त्यसपछि लक्ष्य घरबाहिर गए।
बिहान आउँदा लक्ष्यले देखेकी आमा त्यती बेलासम्म पनि बाथरुममै लडेकी थिइन्। त्यसपछि उनले तुरुन्त एम्बेलेन्स बोलाएर अस्पताल पुर्याए। तर अस्पतालले उनलाई मृत घोषणा गरिदियो। सुनिताको पोस्टमार्टम रिर्पोटका आधारमा प्रहरीले लक्ष्यलाई पक्राउ गरेको हो।





