आफ्नै श्रीमतीको निर्मम हत्या गरेर बोरामा बाधेर लास फालेपछी


प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार

पोखरा महानगरपालिकाको खुदीमा पत्नीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन्। महानगरपालिकाको वडा नम्बर ३० खुदीमा श्रीमाया गुरुङको हत्या भएको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो।

बोरामा बाँधेको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले श्रीमान् ऐनबहादुर गुरूङलाई घटनास्थल नजिकैबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार गुरुङले घरभित्र हत्या गरी बोरामा हालेर बाहिर श्रीमतीको शव रूख मुन्तिर फालेका थिए।

बिहानै छिमेकीलाई ‘मैले बुढी मारेको छु, त्यस्को बैनीलाई भन्दे’ भनेर निस्केका उनलाई नजिकैको थुम्कोमा बसी शव फालिएको स्थल अवलोकन गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

मृतक श्रीमाया पक्षघातको बिरामी थिइन्। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com