नेपालमा पाईने १० सस्ता गाडी, १५ लाखसम्मका
प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार
नाडा (नेपाल अटोमोवाईलस् डिलर एसोसियसन) ले सधैँ झैँ यस वर्ष पनि काठमाडौंको भृकुटीमण्डपमा गाडीहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१८’ सञ्चालन गर्यो ।
१ सय ३५ भन्दा बढी स्टलहरु रहेको यो मेला भदौ २६ गते देखि ६ दिन सम्म सञ्चालनमा रह्यो । दशैंको पुर्वसन्ध्याको अवसरमा सञ्चालन हुने यो मेलामा विभिन्न कम्पनीले विभिन्न छुट र सुविधासहित आफ्ना गाडीहरु प्रदर्शनीमा राखेका थिए ।
सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शोमा नेपाल आयात हुने सबै ब्राण्डका गाडीहरु प्रदर्शनीमा राखिएका थिए । मेलामा सवारी हेर्ने, छान्ने र किन्ने ग्राहकहरुको भिड लागेको थियो ।
सस्ता र मधय्यम मुल्यका गाडीहरुदेखि लिएर महंगा मुल्यका गाडीहरु पनि प्रदर्शनमा राखिएको छ । हेर्नुहोस् भिडियोमा नेपालमा पाईने १० सस्ता गाडी, १५ लाखसम्मका ।






