सुतिरहेका दुुई किशोरीमाथि मध्यरातमा तेजाव प्रहार


प्रकाशित मिति : भाद्र २७, २०७५ बुधबार

रौतहट रौतहटको चन्द्रपुर नगरपालिका वडा ६ बजारटोलमा गएराती दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव प्रहार गरेका छन् ।

चन्द्रपुर ६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी  १५ वर्षीया वहिनी सुस्मिता दासलाई मंगलबार राती करीब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव छ्यापेर भागेको प्रहरीले जनाएको छ  ।

राति घरमा सुतिरहेको अवस्थामा दुबैजनाको अनुहारमा तेजाव छ्यापिएको प्रहरीले बताएको छ ।

शरीरमा तेजाव परेर घाइते दुबै दिदीबहिनीको  काठमाडौ स्थित कीर्तिपूर अस्पतालमा उपचार भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी युवराज खडकाले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अज्ञात व्यक्तिले ढोका खोलेर  सुतिरहेका छोरीहरुको अनुहारमा तेजाव फ्याकेर  भागेको पीडितका बुवा जादोलाल दासले बताए ।

सम्झनाको अनुहारमा र आँखामा तेजावका कारण धेरै चोट लागेको छ भने सुस्मिताको टाउको र अनुहारमा तेजावका कारण घाउ भएको छ ।

सम्झानाले  कक्षा सात पढेर छोडेकी थिइन् भने सुस्मिता कक्षा ५मा पढ्दै छिन् ।

फरार व्यक्तिको खोजी भैरहेको  जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले  बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com