निर्मला पन्तको घर पुगेर आईजीपी खनालले भने हत्यारा जो सुकै भएपनि छोड्दिन


प्रकाशित मिति : भाद्र २२, २०७५ शुक्रबार

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा जो सुकै भएपनि नछोडिने बताएका छन्।

बिहीबार कञ्चनपुर पुगेका आईजीपी खनालले साँझ बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारसँग भेट गर्दै यस्तो बताएका हुन्।

उनले हत्यारा खोज्न समय लागे पनि पत्ता लगाएर छोड्ने प्रतिवद्धता परिवार सामु जनाएका छन्। अपराधिलाई कुनैपनि हालतमा नछोडिने बताउँदै आईजीपी खनालले ढिलो चाडो पक्राउ गर्ने बताए।

बिहीबार साँझ महेन्द्रनगर पुगेका आईजीपी खनाल प्रहरी कार्यालयको निरीक्षण पश्चात सोझै घट्नास्थल पुगेका थिए। उनले निर्मला पन्तको हत्या र अहिलेसम्म भइरहेको अनुसन्धानका बारेमा जानकारी लिएपछि निर्मलाका परिवारसँग भेट गरेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘अपराधि कुनैपनि हालतमा पक्राउ गर्छौ, ढुक्क हुनुस्’ आईजीपीको भनाइ उधृत गर्दै निर्मलाकी आमा दुर्गादेवीले भनिन्।

भेटका क्रममा निर्मलाकी आमा दुर्गादेवीले घट्ना भएको ४३ औं दिन बितिसक्दासमेत हत्यारा पहिचान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन्।

उनले घट्नामा प्रहरीको नै संलग्नता भए के गर्ने भनि सोधेको प्रश्नमा आईजीपी खनालले अपराधि कुनैपनि हालतमा उम्कन नपाउने र पत्ता लगाएरै छाड्ने बताएका हुन्।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीसहित पन्तको परिवार भेट्न पुगेका आईजीपीको टोलीले निर्मलाको शव भेटिएको ठाउँको निरीक्षण गरेको छ।

राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबारदेखि सुरु गर्न लागेको ‘महिला हिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका विषयक राष्ट्रिय अभियान’ मा सहभागी हुन आईजीपीको टोली महेन्द्रनगर पुगेको हो। आयोगले प्रहरीको सहकार्यमा कञ्चनपुरबाट अभियानको शुरुवात गर्दैछ। आयोगका अध्यक्ष अनुपराज शर्मा र नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालसहितको उपस्थितिमा कार्यक्रम शुभारम्भ हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com