दशैंको लागि गाडिको जिम्मा लिन सक्दैनौ भन्दै यातायात ब्यवसायीले दियो चेतावनी


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन स्वरुप अग्रिम टिकट बुकिङको व्यवस्था हुँदै आएको छ।

पछिल्लो समय गृह मन्त्रीको सक्रियतामा यातायात क्षेत्रको सिन्डिकेट खारेज गरिएसँगै व्यवसायीहरूले आउँदो दशैंको लागि यात्रुहरूको अग्रिम टिकट बुकिङ प्रक्रिया अगाडि बढाउन नसकिने चेतावनी दिएका छन्।

सरकारले गत चैत महिनाको अन्तिम साता यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गर्दै सबै व्यवसायीहरूलाई आगामी मंसिर महिना भित्र कम्पनीमा रुपान्तरण हुन निर्देशन दिंदै समितिहरुको खाता रोक्का गरेको थियो ।यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी महासंघ अन्तर्गत झण्डै ४०० समितिहरू रहेकोमा हालसम्म करीव १०० समितिहरु मात्र कम्पनीमा दर्ता भएका छन् भने बाँकि कुनै पनि दर्ता भएका छैनन् ।

दशैं नजिकंदै गर्दा सरकारले यसै हप्ताबाट दशैंको अग्रिम टिकट बुकिङ शुरु गर्ने निर्देशन दिंदा कम्पनीमा परीणत नभईसकेको र खाता रोक्का भएको अवस्थामा रहेका ३०० यातायात समितिहरूले टिकटको जिम्मा लिन नसक्ने बताएका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले ब्यवसायीहरुलाई कम्पनीमा परीणत हुन खाता रोक्का गरेको र दशैं संघारमै आइपुग्दा कम्पनीमा दर्ता हुन बाँकि धेरै यातायात ब्यवसायीहरु बिना अधिकार टिकटको जिम्मा लिन नसक्ने भन्दै आएसँगै थप अन्यौल बढेको देखिन्छ ।यस विषयमा महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य भन्छन् विगतमा महासंघले बुकिङ गर्दै सबै समितिलाई परिपत्र गर्दै आउने, गाडि अपुग भए थपेर ब्यवस्थापन गर्ने गरेको तर अहिले परिस्थीती त्यस्तो नभएको र खाता रोक्का भएको हुँदा गाडिको जिम्मा लिन नसक्ने बताउँछन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com