दौरा सुरुवाल र साडीलाई राष्ट्रिय पोशाक घोषणा गर्न कांग्रेसको माग
प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार
k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /f]zg ;fksf]6f, /f;;
नेपालीको मौलिक पोशाकका रूपमा रहेको दौरा सुरुवाल र साडीलाई राष्ट्रिय पोशाक घोषणा गर्न कांग्रेसले माग गरेको छ ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी उमा रेग्मीले विगतमा राष्ट्रिय पोशाकलाई अनासायै हटाइएको भन्दै पुनः कायम गर्न माग गरेकी हुन् ।
‘हाम्रो देशको पहिचानका लागि पनि पुरुषका लागि दौरा सुरुवाल र महिलाका लागि साडीलाई हिम्मत साथ राष्ट्रिय पोशाक कायम गर्न माग गरेको रेग्मीले बताइन् ।






