अष्ट्रेलियामा पीआर पाउन सहज हुने पाँच विषयहरु


प्रकाशित मिति : भाद्र १६, २०७५ शनिबार

१. इञ्जिनियरिङ

अष्ट्रेलियामा इञ्जिनियरिङको माग बढ्दो छ । त्यसैले इञ्जिनियरिङ गरिसकेकाहरुलाई पीआरको लागि तुलनात्मक रुपमा सजिलो छ ।

इञ्जिनियरिङ अन्तर्गत इञ्जिनियरिङ म्यानेजर, शीप इञ्जिनियरिङ, केमिकल इञ्जिनियरिङ, मटेरियल्स इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ, जिओटेक्निकल इञ्जिनियरिङ, स्ट्रक्चरल इञ्जिनियरिङ, ट्रान्सपोर्ट इञ्जिनियरिङ, इलेक्ट्रियल इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, इन्डस्ट्रियल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, प्रोडक्सन अर प्लान्ट इञ्जिनियरिङ, माइनिङ इञ्जिनियरिङ, पेट्रोलियम इञ्जिनियरिङ, एरोनटिकल इञ्जिनियरिङ, एग्रिकल्चरल इञ्जिनियरिङ, बायोमेडिकल इञ्जिनियरिङ, इञ्जिनियरिङ टेक्नोलोजिस्ट, इन्भाएरोमेन्टल इञ्जिनियरिङ, सफ्टवेयर इञ्जिनियरिङ, टेलीकम्युनिकेसन इञ्जिनियरिङ, टेलीकम्युनिकेसन नेटवर्क इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ ड्राफ्टपर्सन, सिभिल इञ्जिनियरिङ टेक्निसियन, इलेक्ट्रिकल इञ्जिनियरिङ ड्राफ्टपर्सन, इलेक्ट्रिकल इञ्जिनियरिङ टेक्निसियन, टेली कम्युनिकेसन फिल्ड इञ्जिनियरिङ कोर्सहरु रहेका छन् ।

२.एकाउन्टेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकाउन्टेन्सी अन्तर्गत अष्ट्रेलियामा जनरल एकाउन्टेन्ट , म्यानेजमेन्ट एकाउनटेन्ट र ट्याकसेसन एकाउनटेन्टको लागि राम्रो अवसर छ । मास्टर अफ म्यानेजमेन्ट (एकाउन्टिङ) पूरा गरिसकेपछि इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स वा सर्टिफाइड प्राक्टिसिङ एकाउनटेन्ट प्रोफेसनल स्टडिज अष्ट्रेलियामा प्रवेश मिल्छ ।

३.नर्सिङ

अष्ट्रेलिया नर्सिङ्ग करियरको लागि राम्रो अवसर भएको देश हो । नर्सिङ करियरको लागि राम्रो कम्युनिकेसन क्षमता, धैर्यता र समूहमा काम गर्ने क्षमता हुनु जरुरि छ ।

नर्सिङ अन्तर्गत नर्स प्राक्टिसनर, नर्स(एज्ड केयर), नर्स (चाइल्ड एण्ड फेमिली हेल्थ), नर्स ( कम्युनिटी हेल्थ) ,नर्स (क्रिटिकल केयर एण्ड इमर्जेन्सी), नर्स ( डेभलपमेन्ट डिसएबिलिटि) , नर्स (डिसएबिलिटी एण्ड रिहाबिलेसन), नर्स (मेडिकल ),नर्स (मेडिकल प्राक्टिस),नर्स (मेन्टल हेल्थ) , नर्स (पेरिओपेरेटिभ ),नर्स (सर्जिकल)  र नर्स (पेडीआट्रिक) कोर्सहरु रहेका छन् ।

४.मेडिकल डाक्टर

अष्ट्रेलियामा मेडिकल डाक्टरहरुको अभाव रहेको छ । अष्ट्रेलियामा मेडिकल डाक्टर विषय पढ्नको लागि एकदमै महँगो छ तर पढाई सकेपछि त्यहि अनुरुपको अवसर पनि रहेको छ । भर्नाको लागि प्रतिस्पर्धात्मक हिसाबले जानुपर्ने हुन्छ ।

५. डेन्टिस्ट

अष्ट्रेलियाका युनिभर्सिटीमा डेन्टिस्ट विषय अन्तर्गत ब्याचलर अफ डेन्टल साइन्स, ब्याचलर अफ ओरल हेल्थ, रिसर्च हाइयर डिग्री र पोस्टग्राजुएट कोर्सहरु पढ्न सकिन्छ । डेन्टिस्टहरुलाई अष्ट्रेलियामा धेरै राम्रो अवसर र कमाई रहेको छ । पीआर लिन पनि यो विषय र पेशा निकै सहज मानिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com