अब युरोपेली सङ्घका सबै देशमा ‘वर्षैभरि एउटै समय’


प्रकाशित मिति : भाद्र १६, २०७५ शनिबार

युरोपेली आयोगले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूमा मौसमअनुसार घडीको समय परिवर्तन गरिने प्रचलन अन्त्य गर्ने प्रस्ताव गर्न लागिएको जनाएको छ।

अब शीतकालीन समयको प्रावधानलाई हटाएर वर्षैभरि एउटै समयमात्र लागु गरिने उक्त आयोगले जनाएको छ।

ऋतुअनुसार समय परिवर्तन हुने प्रावधानका बारेमा गरिएको एक अनलाइन मतसर्वेक्षणका ८४ प्रतिशत सहभागीले घडीलाई ग्रीष्मकाल र शीतकालअनुसार परिवर्तन गर्ने चलन हटाउनु पर्ने पक्षमा मत दिएका थिए।

‘डे लाइट सेभिङ टाइम’ भनेर ईयूका देशहरूमा जाडो र गर्मीको बेला घडीमा परिवर्तन गरिने चलन छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर त्यस्तो प्रावधानमा परिवर्तनका लागि युरोपेली सङ्घको संसद् र सदस्य राष्ट्रहरूको सहमति ‌अनिवार्य छ।

अस्पष्ट
सदस्य राष्ट्रहरूले अब आफ्नो समय ग्रीष्मकालीन वा शीतकालीन कुन रोज्नेछन् भन्ने स्पष्ट छैन।

युरोपेली आयोगका एकजना प्रवक्ताले त्यो कुरा सदस्य राष्ट्रहरूको सार्वभौम निर्णय हुने बताएका छन्।

प्रवक्ता एलेक्सान्डर भिन्स्टर्स्टिनले भने, “यस सार्वजनिक परामर्शको परिणाम स्पष्ट आएको छ। ८४ प्रतिशत मानिस पक्षमा छन्। ४६ लाख युरोपेलीहरूले भाग लिएका सार्वजनिक परामर्श प्रक्रियाको नतिजालाई बेवास्ता गर्न सकिँदैन।”

एउटा पत्रकार सम्मेलनमा उपस्थित सम्वाददाताहरूले उक्त गठबन्धनभरि समयको प्रचलनलाई लिएर एकरूपता नहुन सक्ने सङ्केत गरेका छन्।

तर युरोपेली आयोगले चेतावनी दिँदै भनेको छ – सबै सदस्य राष्ट्रहरूमा एउटा समयको प्रचलन नरहेमा त्यसबाट आर्थिक क्षति पुग्न सक्नेछ।बिबिसी बाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com