आयो कानून व्यवसायी शीतल पाण्डेको ‘लै बरीलै’ को मौलिक तीज भाका


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

कानून ब्यवसायी शीतल पाण्डेको तीजको नयाँ गीत ‘लै बरीलै’ आएको छ । आधुनिक गित र गजलका क्षेत्रमा समेत छाउदै गरेकी शीतलले हरेक बर्ष नयाँ नयाँ तीजको कोशेली समेत ल्याउने गरेकी छिन् । नयाँ तीज गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।

शीतलका तीज गीत मौलिक भाकामा नेपाली कला र संस्कृति झल्किने खालका छन् । मौलिक भाकामा तीज गीत ल्याउदै आएकी शीतलको यो चौथो तीज गीत हो । वर्खे झरिले गंगा उर्लेको, वर्ष दिनमा आएका चाड तिजले मन चंगा भएको, मनमा खुसी बोकेर माइत गएको र तिजमा लाजनै नमानी नाचेर रमाईलो गरेको लगायतका विषयहरु उनको गीतमा समेटिएका छन् ।

रोहीत सुवेदीको शव्द र संगितमा सजिएको गीतमा अन्जली अधिकारी र रिचा थापाले अभिनय गरेका छन् । गीतको भिडियो निर्देशन स्मृती तिमलसिनाको रहेको छ । सुरेश श्रेष्ठको सिनेमेटोग्राफी, प्रकाश धमलाको सम्पादन र श्याम मल्लको मेकअप रहेको गीतको भिडियो यस्तो छ ।

शीतलबारे थप

मौलिक शैलीको तीजगीतकासाथ सांगितिक क्षेत्रमा जम्दै शीतल

‘शीरमा लाउने शीरफूल’ लिएर आइन् शीतल

निशान भट्टराई र शीतल पाण्डेको राष्ट्रिय गीत सार्वजनिक

निशान भट्टराई र शीतल पाण्डेको ‘रस्तीबस्ती’ अर्कोसाता

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com