KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

निशान भट्टराई र शीतल पाण्डेको ‘रस्तीबस्ती’ अर्कोसाता

प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र गायिका शीतल पाण्डेको स्वरमा नयाँ राष्ट्रिय गीत आगामी साता रिलिज हुने भएको छ । लुम्बिनी इन्टरनेशनल इन्क अमेरिकाले पूर्ब तिम्रो रस्तीबस्ती बोलको राष्ट्रिय गीत सार्वजनिक गर्न लागेको हो ।

दिनेश अधिकारीको शब्द र सुरेश अधिकारीको संगीत संयोजन रहेको गीतमा निशान र शीतलले स्वर दिएका हुन् । महाराज थापाले एरेन्ज गरेको गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन् ।

गीतका रेकर्डिस्टहरु साजन शाह र राजेश श्रेष्ठले गरेका हुन् भने गीतको रेकर्ड काठमाडौंको पुतलीसडकमा रहेको ए वान म्युजिसिएनमा भएको हो ।

वाद्यवाधनमा ढोलक, तबला र मादलमा कुमार महाराज, बासुरीमा गोपालदेव घतानी, रिदम गितारमा संजिव बराईली, बेस गितारमा अनुप दास, सारंगीमा धर्म गन्धर्वले साथ दिएका छन् ।

गीतका व्यवसायिक पार्टनरहरु अमेरिकी भिसा, ग्रिनकार्ड लगायत सबै अध्यागमन समस्याको समाधानका लागि अमेरिकाको न्युयोर्कमा कृयाशिल केशव राज सेडाईको ल अफिस अफ केशव राज सेडाई, खगेन्द्र क्षेत्रीको क्षेत्री एण्ड एसोसिएट्स पीसीरमेश श्रेष्ठको श्रेष्ठ ल फर्म साथै ट्याक्स सम्बन्धी सबै काम गर्ने विराज रिजालको ट्याक्सराजा रहेका छन् भने क्रियटिभ पार्टनर आईलाइन क्रियसन रहेको छ ।

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com