मौलिक शैलीको तीजगीतकासाथ सांगितिक क्षेत्रमा जम्दै शीतल


प्रकाशित मिति : श्रावण २५, २०७३ मंगलबार

कानुन व्यवसायी शीतल पाण्डे आजभोलि सांगितिक क्षेत्रमा जम्दै गएकी छिन् । आधुनिक गीत र गजलका क्षेत्रमा जम्दै गएकी पाण्डेको मौलिक नेपाली शैलीको तीजगीत पनि बजारमा आएको छ ।

आधादर्जन गीत र गजल समावेश गरेर उनले आफ्नै नामको एल्बम ‘शीतल’ बजारमा ल्याएलगत्तै उनको चर्चा बढ्दै गएको हो । अहिले भिडियो सहित बजारमा आएको उनको नयाँ तीजगीत ‘माइतीको आगन’ शिवदर्शन डिजिटल प्रालीले बजारमा ल्याएको हो । नेत्र अर्यालको शब्द र रोहित सुवेदीको संगित रहेको यो गीतमा रिचा थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

नेपालको तीज संस्कृति र संगीतमा बिकृति बढिरहेको सन्दर्भमा शीतलको नयाँ गीत नेपाली मौलिकताको संरक्षणमा समेत अग्रपंक्तिमा देखिएको छ । सुमधुर स्वरकी धनी शीतलको कानुन व्यवसायसँगै सांगितिक यात्रामा मिल्दै गएको सफलताले उनी निकै उत्साहित भएकी छिन् ।

Screen Shot 2016-08-08 at 8.35.15 PM

शीतलले अहिलेसम्म ७ वटा आधुनिक गीत गाइसकेकी छिन् भने यो उनको पहिलो तीज गीत हो । शीतलले पाँचबर्षअगाडि ढुंगाको होइन तिमीलाई गीतमार्फत सांगितिक क्षेत्रमा पाइला हालेकी हुन् । दीपक शर्माको कम्पोज रहेको यो गीत शितल आफैले लेखेकी थिइन् ।

गुल्मीको तम्घासमा जन्मिएकी शीतलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छिन् भने विगत तीनबर्षदेखि कानुन व्यवसायीका रुपमा समेत सकृय रहेकी छिन् । उनी हाल अनामनगरमा रहेको आईबी एसोसिएट्स नामको ल फर्ममा क्रियाशिल छिन् । पेशाले कानुन व्यवसायीका रुपमा रहेपनि उनले नियमित रुपमा सांगितिक अभ्यास गरिरहेकी छिन् ।

Screen Shot 2016-08-08 at 8.40.11 PM

२०७१ सालको चैतमा पहिलो एल्बम ‘शीतल’ बजारमा ल्याएकी शीतलका यसभन्दा अगाडि दुईवटा गीतका भिडियो सार्वजनिक भइसकेका छन् ।’शीतल’ एब्लममा ३ वटा गीत शीतल आफैले लेखेकी थिइन् भने बाँकी तीनवटा गीतहरु डाक्टर कृष्णहरि बरालले लेखेका थिए । एल्बमको एउटा गीतमा उनलाई उनका सांगितिक गुरु मनोज रायले पनि साथ दिएका छन् ।

कानुन व्यवसायलाई निरन्तरता दिने तर सांगितिक क्षेत्रलाई जीवनभर नछाड्ने बताउँछिन् शीतल । उनीसँग बुटवलको तिनाउ एफएम, काठमाडौंको गोरखा एफएम र मेरो एफएम लगायत एफएम रेडियोहरुमा आरजेका रुपमा काम गरेको समेत अनुभव छ ।

शीतलको नयाँ तीजगीतको भिडियो:

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com