‘शीरमा लाउने शीरफूल’ लिएर आइन् शीतल


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

गायिका शीतल पाण्डे ‘शीरमा लाउने शीरको फूल’ तीज गित लिएर आएकी छिन् । आधुनिक संगीतमा चम्कदै गरेकी शीतलले आफ्नै स्वर र लयमा मौलिक शैलीको तीजगित लिएर आएकी हुन् । नेत्र अर्यालको शब्द रहेको यो गीतको म्युजिक भिडियो पनि बजारमा आइसकेको छ । म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन् । म्युजिक भिडियोमा मुना कार्की, दिप्ती पौडेल लगायतको अभिनय रहेको छ ।

शीतलले गतबर्ष पनि मौलिक शैलीको तीजको गित बजारमा ल्याएकी थिइन् । आधुनिक गित र गजलको क्षेत्रमा चम्कदै गरेकी शीतलको ‘माइतीको आगन’ तीज गित गतबर्ष निकै रुचाइएको थियो ।

गुल्मीको तम्घासमा जन्मिएकी शीतलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छिन् भने विगत चारबर्षदेखि कानुन व्यवसायीका रुपमा समेत सकृय रहेकी छिन् । पेशाले कानुन व्यवसायीका रुपमा रहेपनि उनले नियमित रुपमा सांगितिक अभ्यास गरिरहेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com