सिद्धबाबामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार
बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा ट्रकले ठक्कर दिदाँ मोटर साईकलमा सवार एकै परिवारका वावु छोराको ज्यान गएको छ ।
ना ३ ख १००७ नम्वरको ट्रकले ठक्कर दिदा लु २१ प ९६८० नम्वरको मोटरसाईकलमा सवार तानेसेन नगरपालिका वडा नम्वर ७ का माधव कुमाल र उनको छोरा अशोक कुमालको ज्यान गएको वुटवल प्रहरीले जानकारी दिएको हो ।
मोटरसाईकल र ट्रक दुवै तानसेनबाट वुटवल झर्दै गरेको अवस्था दुर्घटना भएको प्रत्यक्षदर्शी विष्णु पाण्डेले जानकारी दिनुभयो ।





