अष्ट्रेलियाको पर्थमा डा. गोविन्द के.सीको समर्थनमा ऐक्यबद्धता भेला सम्पन्न
अष्ट्रेलियाको पर्थमा प्र.डा. गोविन्द के.सीको समर्थनमा ऐक्यबद्धता भेला सम्पन्न भएको छ । डा. गोविन्द के.सीका मागहरु जायज भएको र उनी कुनै व्यक्ति वा संस्थाको लागि नभई नेपाली जनताको लागि अनसन बसेको भन्दै उनको समर्थनमा पर्थ नेपाली समाजले भेलाको आयोजना गरेको थियो ।

आज आईतबार अर्थात २२ जुलाईमा स्थानीय ब्रजवुड पार्कमा बिहान ९ बजेदेखि ११ बजेसम्म ऐक्यबद्धता भेला भएको थियो । एनआरएनका उपाध्यक्ष दिपक शर्माले अष्ट्रेलियाको व्यस्त जीवनशैलीको बावजुद पनि कार्यक्रमको उद्देश्यलाई प्रभावकारी बनाउनको लागि भेलामा उपस्थित भएका सम्पूर्ण सहभागीहरुप्रति कृतज्ञता प्रकट गरेका छन् ।

एनआरएनका उपाध्यक्ष दिपक शर्मा, युवा अभियन्ताहरू राज थपलिया, नविन भण्डारी, हरि भण्डारीलगायतले कार्यक्रमको संयोजन गरेका थिए।



खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →







