अष्ट्रेलियाको ब्रिसबेनमा नेपाली विद्यार्थीको निधन, शव नेपाल पठाउनको लागि सहयोगको अपिल


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन भएको छ । काठमाडौं कालोपुल घर भएका २४ वर्षीय विद्यार्थी अमन स्थापितको दुखद निधन भएको हो ।

अमन स्थापित चार महिना अघि मात्र अष्ट्रेलिया आएका थिए । उनी जेम्स कुक युनिभर्सिटीको ब्रिसबेन स्थित कलेजमा इन्टरनेशनल टुरिजम एण्ड हस्पिटालिटी विषय पढ्नको लागि मास्टर्स तहमा भर्ना भएका थिए । अनुसन्धानका आधारमा उनले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

एनआरएनए अष्ट्रेलियाले आफ्ना स्थानीय पदाधिकारीहरु जुलाई १७ तारिखका दिन ब्रिसबेनको शेरवुड स्थित प्रहरी चौकिमा पुगेको बताएको छ। एनआरएनएले यहाँको प्रहरी र सम्बन्धित निकायले यो दु:खद घटनाको छानबिन गरी आफ्नो रिपोर्ट दिईसकेको भएतापनि स्वर्गीय स्थापितको शव अन्तिम संस्कारको लागि एक हप्ता भित्रमा उप्लब्ध गराइने जानकारी प्राप्त भएको बताएको छ।

एनआरएनए अष्ट्रेलियाको क्विन्सल्याण्ड शाखाका अनुसार, स्थापितको दुखद निधन बारे आमा र दिदीलाई जानकारी गराएर परिवारकै अनुमतिमा शवलाई नेपाल पठाउनको लागि प्रक्रिया सुरु भइसकेको छ । यसको लागि ब्रिसबेन स्थित एक फ़्युनरल कम्पनीसंग कुरा समेत भइसकेको छ। स्व.स्थापित अध्ययन गर्ने जेम्स कुक युनिभर्सिटी र उनको इन्सुरेन्स गरिएको इन्सुरेन्स कम्पनीसँग समन्वय गरि सहायता उपलब्ध गराउने प्रकृयाको लागि पनि एनआरएन ले पहल गरिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनए अष्ट्रेलियाले यो दुखद घडीमा सम्पूर्ण नेपाली समुदायलाई एक भएर स्व.स्थापितको शव नेपाल पठाउनको लागि सहयोग गर्न अनुरोध गरेको छ । परिवारलाई सक्दो सहायता गर्ने रकम जुटाउनको लागि एनआरएन क्विन्सल्याण्डको बैंक खाता उप्लब्ध गराइएको छ ।
Account Name – NRNA QLD
BSB – 032 006
ACC NO. – 561 817
Ref Aman

एनआरएन अष्ट्रेलियाका महासचिव नारायण कोइराला र क्विन्सल्याण्डका सँयोजक सन्तोष कुँवर यहाँका सम्बन्धित निकाय सँगको निरन्तर सम्पर्कमा रहेको र नेपाली दुतावास तथा कुइन्स्ल्यान्ड स्थित अवैतनिक नेपाली वाणिज्यदुतको कार्यालयमा समेत जानकारी गराइएको साथै त्यहाँबाट आवश्यक सहयोग र समन्वयका लागि तयार रहेको जानकारी प्राप्त भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com