दैनिक ५ ट्रकसम्म भाले चिराइतो भारत र बंगलादेश निर्यात


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

पूर्वी पहाडी जिल्लामा भाले चिराईतो विक्रि सुरु हुन थालेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङका लेकाली जंगलमा पाईने भाले चिराईतोको निर्यात भारत र बंगलादेशमा समेत हुन थालेको छ ।

दुई वर्षअघिदेखि बजार पाउन नसकेको भाले चिराईतोको विक्रि सुरु भएको हो । दुईवर्ष अघिसम्म जंगलमा संकल भएपनि कुहिने गरेको थियो । यस वर्ष भने बजार पाउन थालेको भाले चिराईतोले प्रतिकेजी २५ देखि ३५ रुपैंयासम्ममा किनवेच हुन थालेको छ ।

औषधिका रुपमा प्रयोग हुने चिराईतो अन्तर्राष्ट्रिय बजारतर्फ निर्यात हुने गरेको छ । यो प्रजातिको चिराईतोमा अन्य चिराईतो भन्दा तितोको मात्रा केही कम हुन्छ ।

वसन्तपुर नाका भएर दैनिक ५ ट्रक सम्म चिराईतो भारत र वंगलादेशका वजार तर्फ निर्यात भैरहेको स्थानीय व्यवसायीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com