विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक हड्तालका कारण शैक्षिक संस्थाहरु प्रभावित


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

नीजि विद्यालयहरुले शुल्क बढाएको भन्दै विभिन्न ८ विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक हड्तालका कारण आज शैक्षिक संस्थाहरु प्रभावित भएका छन् ।

नीजि विद्यालयले बढाएको शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भए अनुसारको शुल्क लागु गर्नु पर्ने लगाएतका माग आन्दोलनरत विद्यार्थी संगठनहरुले गरेका छन् ।

अनेरास्ववियू पाँचौं, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी (गोपाल किराँती), राष्ट्रवादी विद्यार्थी युनियन, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम नेपाल, राजपा विद्यार्थी संगठनसहितका आठ विद्यार्थी संगठनले आजका लागि शिक्षण संस्था हड्तालको घोषणा गरेका हुन ।

उनीहरुले शैक्षिक क्षेत्रका लागि विगतमा भन्दा कम बजेट छुट्याईएको, पेट्रोलियम पदार्थको पटक पटक मुल्यबृद्धि भएको लगायतका विषयमा पनि विरोध गर्न आन्दोलन सुरु गरिएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक हड्तालका कारण शैक्षिक संस्थाहरु प्रभावित,
नीजि विद्यालयहरुले शुल्क बढाएको भन्दै विभिन्न ८ विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक हड्तालका कारण आज शैक्षिक संस्थाहरु प्रभावित भएका छन् ।

नीजि विद्यालयले बढाएको शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भए अनुसारको शुल्क लागु गर्नु पर्ने लगाएतका माग आन्दोलनरत विद्यार्थी संगठनहरुले गरेका छन् ।

अनेरास्ववियू पाँचौं, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी (गोपाल किराँती), राष्ट्रवादी विद्यार्थी युनियन, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम नेपाल, राजपा विद्यार्थी संगठनसहितका आठ विद्यार्थी संगठनले आजका लागि शिक्षण संस्था हड्तालको घोषणा गरेका हुन ।

उनीहरुले शैक्षिक क्षेत्रका लागि विगतमा भन्दा कम बजेट छुट्याईएको, पेट्रोलियम पदार्थको पटक पटक मुल्यबृद्धि भएको लगायतका विषयमा पनि विरोध गर्न आन्दोलन सुरु गरिएको बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com