धनगढीमा ९ लाख लुटेर भागेका युवा काठमाडाैँबाट समातिए


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

केही दिनअघि धनगढीस्थित सिद्धार्थ बैंकाे शाखाबाट पैसा झिक्ने क्रममा एक ग्राहकलार्इ गाेली प्रहार गरी साढे नाै लाख रकम लुट्ने समूहका याेजनाकार काठमाडाैंबाट पक्राउ परेका छन् ।

एक साताअघि (जेठ १३) गते सिद्धार्थ बैंकबाट पैसा निकालेर आफ्नो कार्यालयतर्फ जाने क्रममा आइएमईका कर्मचारी निर्मल कार्कीलाई गोली हानी घाइते बनाएर रकम लुटिएकाे थियाे ।

त्यसरी गाेली प्रहार गरी रकम लुटेर भागेका ती दुर्इ युवालार्इ महानगरीय अपराध महाशाखा, काठमाडाैंले पक्राउ परेकाे पुष्टि गरेकाे छ । पक्राउ पर्नेमा धनगढीका राम प्रवेश राना र कञ्चनपुरका कालु राना रहेका छन् । पीडित घाइते कार्कीकाे अवस्था हाल सामान्य रहेकाे बताइएकाे छ।

पक्राउ परेकामध्ये कालु राना घटनाका मुख्य योजनाकार रहेकाे खुलेकाे हाे । राना २०६८ सालमा बलात्कार मुद्दामा जेल परेर छुटेका व्यक्ति रहेको खुलेको छ। उनी गत माघमा मात्र जेलबाट छुटेका थिए। ५ जना मिलेर उनीहरुले सो लुटपाट योजना बनाएका थिए। घटनामा संलग्न राजकुमार चौधरी र उग्रसेन चौधरी यसअघि नै पक्राउ परिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com