पोर्तुगलका नेपाली पत्रकारले “हेल्प डेक्स” संचालन गर्ने


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

उजुरीको संख्यामा वृद्धि भएपछि पोर्तुगलमा रहेका नेपाली पत्रकारहरुले ‘हेल्प डेस्क’ सञ्चालन गर्ने भएका छन् । नेपालीहरुको सहयोगकोलागि यस्तो डेस्कको स्थापना गर्न लागिएको पत्रकारसँग सम्बन्धित संस्थाहरुले जनाएका छन् ।

पोर्तुगलमा हप्तैपिच्छे दर्जनौ ठगी, लेनदेन, पारिवारिक बेमेल, श्रम शोषण, मानव तस्करी आदिका मामिलाहरु पत्रकारहरु कहाँ आउने गरेका छन् । पीडितहरुले समस्या समाधान गरिदिन अनुरोध गरेपछि चाँडै वा केही ढिला गरेर ती मामिलाहरुको समाधान गर्दै आएको लामो समयदेखि पोर्तुगलमा पत्रकारिता गर्दै आएका नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्यालले बताए ।

आगामी दिनमा यस्ता मामिलालाई व्यवस्थापन गर्न नेपाल पत्रकार महासंघ युरोप शाखा र नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलद्वारा एक ‘हेल्प डेस्क’ को स्थापना गरिने समस्या समाधानकालागि पहल गर्दै सत्य तथ्य सूचना प्रवाह गरिने उनले जानकारी दिए ।

सबैको सहयोगमा पीडितहरुको घाउमा सक्दो मल्हम लगाउन प्रयास गरिने बिश्वास व्यक्त गर्दै समस्यामा परेका जो कोहीलाई पनि पत्रकारहरुलाई सम्पर्क गर्न सार्वजनिकरूपमा आग्रह गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com