ट्यूनिसियामा डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रबासीहरूको सङ्ख्या ३५ पुग्यो


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रबासी शरणार्थी चढेको डुङ्गा दुर्घटनामा परी आइतबारसम्म कम्तीमा ३५ जनाको मृत शरीर उद्धार गरीएको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ ।

यसअघि गृह मन्त्रालयले दिएको तथ्याङ्कमा मृतक सङ्ख्या ११ भएको जनाइएको थियो भने ६७ जनालाई समुद्रबाट सकुशल उद्धार गरेको बताइएको थियो ।

“ग्रीनवीच समय अनुसार आइतबार मध्यान्ह् १२ बजेसम्ममा तटबाट ३५ जनाको शव निकालिएको र ६८ जनालाई सकुशल उद्धार गरिएको छ,” रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीसँगको कुराकानीमा बताउनुभयो ।

गृह मन्त्रालयका अनुसार ट्यूनिसियाली स्फाक्स प्रान्तको सामुद्रिक तट नजिकै आप्रबासी शरणार्थी चढेको डुङ्गा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै ट्यूनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षा गार्डले उद्धार गरी ६८ जनालाई जीवितै उद्धार गर्न सफल भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबारे बिस्तृत विवरण आउन अझै केही समय लाग्ने गृह मन्त्रालयले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com