प्रदेश १ का मुख्यमन्त्री राईलाई जोगाउने प्रहरी सहायक निरीक्षक देवकोटा प्रहरी नायब निरीक्षकमा बढुवा सिफारीस


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय नेता शेरधन राईलाई लक्षित गरी गत कार्तिक २८ मा भएको बम आक्रमणमा उनलाई जोगाउने प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर देवकोटा प्रहरी नायब निरीक्षकमा बढुवा सिफारीस भएका छन्।

प्रहरी प्रधान कार्यालयमा बसेको पुलिस कोअर्डिनेशन कमिटी(पिसिसि) को आईतबार बसेको बैठकले असई देवकोटालाई सईमा बढुवा सिफारिसगर्ने निर्णय गरेको हो। पिसिसि बैठकले बिशेष जोखिमपूर्ण कार्य गर्ने प्रहरी अधिकारीहरुको बढुवा सिफारिस गर्न सक्ने कानूनी प्रावधान छ।

यस्तै डोल्पाको दुर्गम कालागौडा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान भक्तबहादुर थापा हवल्दारमा बढुवा सिफारिस भएका छन्। थापाले चौकीमा बिरामी भएका आफ्ना साथी दलबहादुर थापालाई रातको समय पाँच घण्टा पिठ्युमा बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक शैलेस थापा क्षेत्रीले पिसिसि बैठकले असई देवकोटा र प्रहरी जवान थापालाईसई र प्रहरी हवल्दारमा बढुवा सिफारिस गरेको बताए। उनले सिफारीस भएका प्रहरी अधिकारीको बढुवा समितिले बढुवा निर्णयगर्ने जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका देवकोटाले आफ्नो ज्यानको पर्वाह नगरी राईको सुरक्षा गरेको र थापाले साथीको ज्यान बचाउन रातको समय बिरामीलाई बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए,’ एसएसपी क्षेत्रीले भने। उनका अनुसार थापाले बोकेर ल्याएका दलबहादुरको बाटोमै मृत्यु भए पनि थापाले उनको शब स्वास्थ्य चौकीसम्मै पुर्याएका थिए।

भोजपुरको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट तत्कालिन नेकपा एमालेका उम्मेदवार रहेका पूर्व सूचना तथा सञ्चारमन्त्री राई उपर नेकपा विप्लबका कार्यकर्ताले गत कार्तिक २८ मा बम आक्रमण गरेका थिए। राई चढेको गाडीलाई लक्षित गरि बम प्रहार भएपछि सुरक्षा गार्ड देवकोटाले २१ राउण्ड गोली प्रहार गरेका थिए। घटनामा देवकोटा घाईते भएका थिए।

भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा राई चढेको गाडीमा बम प्रहार गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com