आजदेखि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ ।

सशस्त्र प्रहरी बल मुख्यालयको नीति,निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले शुरु गरेको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण एवं सीमाको रेखदेखका लागि फोर्च मार्च गस्ती थालिएको बताउनुभयो ।

“उस्तै पनि सीमा क्षेत्रमा यहाँ विविध कारणले हाम्रो सहभागिता कम छ,” उहाँले भन्नुभयो– “पहुँच नभएको ठाउँमा पनि निगरानी बढाउन यो गस्ती शुरु गरिएको हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले हरेक महिना यहाँको सीमाक्षेत्रमा नियमित रुपमा गस्ती गरिने बताउनुभयो । आइतबारबाट बेल्डाँडी हुँदै नेपाल–भारत सीमा क्षेत्र गस्ती गर्र्दै कञ्चनपुरको पूर्वी सिमाना डोकेबजारसम्म पुग्ने छ ।

“पहुँच नभएको ठाउँमा हामी राति बसेर पनि गस्ती गछौँं,” उहाँले भन्नुभयो–“यो गस्ती निकै प्रभावकारी हुनेमा आशावादी छौंँ ।” उक्त गस्ती टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बोहराले गर्नुभएको छ ।

हाल कञ्चनपुरमा दुईवटा मात्रै सशस्त्र प्रहरीको सीमा क्षेत्रमा बोर्डर सुरक्षा पोष्ट रहेको छ । महाकाली नगरपालिकाको दोधारा– चादँनी र बेलौरीमा बोर्डर सुरक्षा पोष्ट रहेपनि यहाँको बेल्डाँडी र ब्रह्मदेव क्षेत्रका साथै पुर्नवासमा समेत सशस्त्र प्रहरीको पोष्ट स्थानीयवासीले माग गर्दै आएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा भारततर्फ सुरक्षाको बाक्लो सहभागिता रहेपनि नेपालतर्फ भने त्यो हुनसकेको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com