एमाले माओवादी मन्त्रालय भागबण्डा यस्तो छ
प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार
Danda Gurung
काठमाडौ १० फागुन । विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्ग्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतले बतायो ।
एमालेले पाएका मन्त्रालयहरु
१.अर्थ तथा योजना मन्त्रालय
२.रक्षा मन्त्रालय
३.भौतिक पुर्वाधार यातायात मन्त्रालय
४.सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय
५.शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
६.स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
७.संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
८.कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
९.परराष्ट्र मन्त्रालय
१०.पर्यटन मन्त्रालय
माओवादी केन्द्रले पाएका मन्त्रालयहरु
१.गृह मन्त्रालय
२.उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
३.शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
४.वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
५.श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
६.कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
रहेका छन् । स्रोतका अनुसार अझै पनि दुई वटा मन्त्रालय थप्ने कि भन्नेमा गृहकार्य भइरहेको बताइएको छ ।