राजीनामा दिने प्रधानमन्त्री देउवाको तयारी


प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजीनामा दिने तयारी गर्नुभएको छ ।
राष्ट्रको नाममा सम्बोधन गरेर उहाँले राजीनामा दिनुहुने बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको अन्तिम बैठक बिहान ९ बजे बोलाइएको छ ।
निर्वाचन आयोगले हिजोनै चुनावको परिणाम बुझाइसकेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि आज राष्ट्रपतिसमक्ष दाबी पेस गने भएका छन् ।

चुनावको परिणाम औपचारिक रुपमा सार्वजनिक भैसकेकाले अब सरकार गठनमा ढिलाई गर्न नहुने निष्कर्ष निकाल्दै दुवै दलले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेकोले प्रधानमन्त्रि देउवाले आजै राष्ट्रको नाममा सम्बोधन गर्दै राजिनामा दिने तयारी गनुभएको बालुवटार स्रोते बताएको छ।

बैठकपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने तयारी छ । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com