बजार भाउ भन्दा सस्तोमा सुन बेच्ने भन्दै ठगी गर्ने गिरोह पक्राउ


प्रकाशित मिति : २८ माघ २०७४, आइतबार

बजार भाउ भन्दा सस्तोमा सुन बिक्री गर्ने भन्दै लाखौ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

बजार मूल्यभन्दा सस्तोमा सुन दिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। पीडितले दिएकै उजुरीका आधारमा प्रहरीले नरेन्द्र महरा, ईन्द्रसिंह धामी, भुपेन्द्रसिंह धामी र भरत बिलाश पराजुलीलाई पक्राउ गरेको हो।

उपत्यकाका बिभिन्न स्थानहरुबाट उनीहरूलाई प्रहरीले माघ २५ गते पक्राउ गरेको हो। पक्राउ परेकाबाट प्रहरीले नगद २० लाख ५० हजार, आइफोन ६, बा. ११ च ७६४२ नम्बरको स्विफ्ट गाडी बरामद गरेको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये  दाङको घोराही घर भइ बुढानिलकण्ठ बस्दै आएका ३२ वर्षीय नरेन्द्र महराको मोबाइलमा भएको फोटोका आधारमा चितवन, कालिका न.पा. , वडा नं.१ घर भइ टेकु बस्ने पराजुलीलाई रेडपाणडाको छालासहित पक्राउ गरेको हो।

महराको मोबाइलमा रेडपाण्डाको छालाको फोटो देखिएपछी सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान १ झोलामा  बोकी हिँडेको अवस्थामा उनलाई कपन शिव मन्दिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसबारे थप अनुसन्धान तथा कारवाहीको लागी जिल्ला वन कार्यलाय, हात्तिसार पठाईएको प्रहरीले जनाएको छ।

मुलकी ऐन ठगीको महल बमोजिम ठगी गर्नेलाई  ठगी लिएको विगो बमोजिम विगो भराई विगो बमोजिम जरिवाना र ५ वर्षसम्म कैद हुने प्रावधान छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com