असोज दोस्रो साता युवा सम्मेलन


प्रकाशित मिति : आश्विन १, २०७३ शनिबार

विदेशमा रहेका नेपाली युवालाई स्वदेशमा लगानी र उद्यमशीलताको विकास गराउने उद्देश्यले आगामी असोज १५ गतेबाट काठमाडौँमा नेपाली युवाको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले गैर आवासीय नेपाली सङ्घसँगको सहकार्यमा आयोजना गर्न लागेको सम्मेलन आगामी असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।

सम्मेलनका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विदेशमा रहेका नेपाली युवाले आर्जन गरेको रकमलाई नेपालको उद्यमशीलतामा लगानी गर्नु आवश्यक रहेको बताउँदै त्यसका लागि राज्यले उनीहरूको लगानीलाई सुनिश्चित गर्ने बताए ।

सम्मेलनमा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य, सामाजिक सुरक्षा, युवा सहभागिता, युवा विप्रेषण र लगानीलगायत बारेमा कार्यपत्र प्रस्तुत गरिने छ । नेपाली युवाको समग्र विकासको भावी मार्गचित्र तय गर्ने उद्देश्य लिइएको सम्मेलनपछि काठमाडौँ घोषणापत्र जारी गरिने उहाँले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com