गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट दुई चन्द्रसँग भिड्दै, कस्को पल्ला भारी ?


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

-दुर्गा दुलाल

प्रदेश–५ अन्तर्गतको पहाडी जिल्ला गुल्मी युवा नेताहरुको निर्वाचन क्षेत्र बचाउने र भत्काउने होडबाजीका कारण चर्चामा छ। मंसिर २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हेभिवेट नेताहरु प्रतिस्पर्धामा उत्रेपछि पुरानो किल्ला जोगिएला वा नयाँ निर्माण होला भन्ने धेरैमा चासो छ।

२०७० को दोस्रो संविधानसभा चुनावमा ३ क्षेत्र रहेको गुल्मीमा अहिले २ क्षेत्र मात्र छन् । दोस्रो संविधानसभा निर्वाचनमा दुई क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो भने एउटामा एमालेका उम्मेदवार विजयी भएका थिए। त्यसबेला क्षेत्र–१ बाट कांग्रेसका कृष्ण छत्याल मगरले जितेका थिए भने क्षेत्र–२ मा कांग्रेसकै चन्द्र भण्डारी विजयी भएका थिए।

क्षेत्र–३ मा एमालेका गोकर्ण विष्टले बाजी मारेका थिए। अहिले निर्वाचन क्षेत्र गाभिएको र नयाँ मतदाता थपिएका कारण दुवै दलका नेताहरु मत आफ्नो पक्षमा पार्ने कसरतमा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभाको निर्वाचका लागि गुल्मी–१ बाट एमालेका सचिव प्रदिप ज्ञवाली चुनावी मैदानमा छन्। उनको प्रतिस्पर्धा कांग्रेसका नेता चन्द्र भण्डारीसँगै हुँदैछ। अघिल्लो चुनावमा ज्ञवाली भण्डारीसँगै पराजित भएका थिए। भण्डारीलाई उक्त जितलाई निरन्तर दिने चुनौती छ।

यस्तै, ज्ञवालीलाई भण्डारीको वर्चश्व तोडेर आफ्नो पक्षमा जनमत ल्याउनुपर्ने चुनौती छ। दुवै राष्ट्रिय स्तरका नेता भएकाले गुल्मी–१ मा चुनावी सरगर्मी निकै तातेको छ।

एमाले नेता ज्ञवालीले यस पटक माओवादी केन्द्रको पनि समर्थन रहेकाले नजिता आफ्नो पक्षमा आउने बताए। उता कांग्रेस नेता भण्डारी भने लोकतान्त्रिक गठबन्धनको विकल्प नभएकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्।

कालिगण्डकी, सत्यवती, रुरु, छत्रकोट, गुल्मी दरबार र चन्द्रकोट गाउँपालिकाका साथै रेसुंगा नगरपालिकाका ७ देखि १४ वडासम्म गुल्मी–१ मा पर्छन्।

रेसुंगा नगरपालिका बाहेकका ६ वटा गाउँपालिकामा एमाले र कांग्रेस ३/३ तहमा विजयी भएका छन्। क्षेत्र–१ मा पर्ने रेसुंगा नगरपालिकाका ८ वटा वडामध्ये ४/४ वटामा एमाले र कांग्रेस विजयी भएका थिए। रेसुंगा नगरपालिकाको मेयर र उपमेयर एमालेले जितेको थियो।

रेसुंगा नगरपालिकाका वडाध्यक्ष र गाउँपालालिकाका अध्यक्षहरुको मत जोड्दा एमालेभन्दा कांग्रेस अघि देखिन्छ। उसले ३६ हजार ८ सयभन्दा बढी मत पाएको छ। यहाँ रुरु गाउँपालिकामा कांग्रेसबाट जितेका उपाध्यक्षले पाएको मत पनि जोडिएको छ।

त्यस्तै, एमालेले करिब ३५ हजार ४ सय मत पाएको छ। माओवादीले भने ७ हजार १ सयभन्दा बढी मत पाएको छ। यसर्थ वाम गठबन्धनको पक्षमा अहिले ४२ हजार ५ सय मत छ।

गुल्मी–२ को चुनावमा एमाले युवा नेता गोकर्ण विष्ट र कांग्रेसका चन्द्रबहादुर केसीबीच प्रतिस्पर्धा हुँदैछ। पूर्व ऊर्जामन्त्री विष्टलाई यसअघिको जित जोगाउनु छ भने केसीलाई नयाँ अध्याय सिर्जना गर्नुछ।

एमालेका लोकप्रिय युवा नेता विष्टले निर्वाचनमा २० हजार मतान्तरले विजयी हुने दाबी गरेका छन्। ९० हजार मतदाता रहेको गुल्मी–२ मा विपक्षीभन्दा दोब्बर मत ल्याउने आँकल आफूले प्रचारप्रसारका क्रममा जनताको उत्साह देखेर दाबी गरेको विष्टले बताए।

कांग्रेस उम्मेदवार केसीले विष्टले सजहै चुनाव जित्ने अवस्था नरहेको दाबी गरे। उनले आफू यस क्षेत्रको स्थानीय रुपमा भिजेको उम्मेदबार भएकाले विष्टलाई पराजित गर्ने बताए।

गुल्मी–२ अन्तर्गत मालिका, मदाने, धुर्कोट र इस्मा गाउँपालिकाका साथै मुसीकोट नगरपालिका र रेसुंगा नगरपालिकाका १ देखि ६ सम्मका वडा पर्छन्।

क्षेत्र–२ मा पर्ने रेसुंगा नगरपालिकाका ६ वडामध्ये कांग्रेसले ४ र एमालेले २ वटा वडामा जितेका थिए। वडा नम्बर–४ मा एमाले र कांग्रेसको मत बराबर भएपछि एमालेले गोलाप्रथाबाट जितेको थियो।

त्यस्तै, अन्य ५ वटा तहमध्ये एमालेले ४ र माओवादीले एकमा जित हासिल गरेका थिए।

समग्रमा यस क्षेत्रमा एमाले बलियो छ। एमालेका तर्फबाट रेसुंगा नगरपालिकाका ६ वटा वडाका वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष र नगरपालिका प्रमुखहरुले पाएको मत २७ हजार ४ सयभन्दा बढी छ। त्यस्तै, माओवादीले ८ हजार ९ सयभन्दा बढी मत पाएको थियो। त्यस्तै, कांग्रेसले १८ हजार ४ सयभन्दा बढी मत पाएको थियो।

यहाँ वामपन्थी गठबन्धनको कुल मत ३६ हजार ४ सयभन्दा बढी छ। जुन कांग्रेसका उम्मेदवारहरुले पाएको मतभन्दा झन्डै दोब्बर हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com