२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

मुद्रास्फीतिकै बिच अमेरिकी रोजगार बजारमा उत्साहजनक सुधार, अक्टोबरमा थपिए १६५,००० काम

Photo: Vitaly Gariev/Unsplash

मुद्रास्फीति जस्ता आर्थिक चुनौतीहरूका बाबजुद अमेरिकामा रोजगारी सिर्जनाले तीव्रता पाएको छ। अक्टोबर महिनामा अमेरिकी रोजगारदाताहरूले १६५,००० नयाँ रोजगारी थपेका छन्, जुन अर्थशास्त्रीहरूले गरेको अनुमानभन्दा धेरै बढी हो।

फ्याक्टसेटले गरेको सर्वेक्षणमा अर्थशास्त्रीहरूले गत महिना ६५,००० नयाँ रोजगारी मात्र थपिने अनुमान गरेका थिए, तर वास्तविक नतिजा सोभन्दा धेरै राम्रो आएको छ। यससँगै अक्टोबरमा बेरोजगारी दर घटेर ४.१% मा झरेको छ, जुन अघिल्लो महिना ४.२% थियो।

लेवर डिपार्टमेन्टले शुक्रबार अगस्ट र सेप्टेम्बर महिनाको रोजगारी तथ्याङ्कलाई पनि संशोधन गर्दै पहिले सार्वजनिक गरिएको भन्दा कुल ८४,००० बढी रोजगारी थपिएको जनाएको छ। यसले ती महिनाहरूमा पनि रोजगारी वृद्धि बलियो रहेको देखाउँछ।

सुस्त रहेको सन् २०२५ पछि अहिले रोजगारी क्षेत्रमा सुधारका सङ्केतहरू देखिएका छन्। सन् २०२५ मा रोजगारदाताहरूले प्रतिमहिना औसतमा १०,००० मात्र नयाँ रोजगारी थपेका थिए।

नयाँ कामको खोजिमा रहेका व्यक्तिहरूले अझै पनि केही चुनौतीहरूको सामना गर्नु पर्न सक्छ, तर समग्रमा श्रम बजार बलियो अवस्थामा रहेको छ। अक्सफोर्ड इकोनोमिक्सका मुख्य वैश्विक अर्थशास्त्री रायन स्विटले भने, “केही क्षेत्रका श्रमिकहरूका लागि परिस्थिति अझै कठिन भए तापनि सबै सङ्केतहरूले श्रम बजार मजबुत रहेको देखाउँछन्।”

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।