२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

ट्रम्पद्वारा अमेरिकाका सबै राज्यमा औषधिको मूल्य घटाउने नयाँ ‘जेनेरस’ मोडल योजना सार्वजनिक

फोटो : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकाका सबै ५० राज्यहरू ‘मेडिकेड’ कार्यक्रम अन्तर्गत औषधि खरीदमा ‘मोस्ट फेभर्ड नेसन’ मूल्य निर्धारण मोडलमा सहभागी हुने घोषणा गरेका छन्। जेनेरस नाम दिइएको यस योजना मार्फत अमेरिकामा चयन गरिएका औषधिहरूको खुद्रा मूल्य अन्य धनी देशहरूले तिर्ने मूल्य सरह घटाउने लक्ष्य राखिएको छ।

ट्रम्प प्रशासनका अनुसार यस योजनाले मेडिकेड अन्तर्गत औषधिको खर्चमा अर्बौँ डलर बचत गर्नेछ। ह्वाइट हाउसले औषधि कम्पनीहरूसँग गरिएका सम्झौताहरूबाट आगामी १० वर्षमा कुल ५२९ अर्ब डलरसम्म बचत हुने अनुमान गरेको छ। राष्ट्रपति ट्रम्पले यस बचतबाट प्राप्त रकम राज्यहरूले अन्य स्वास्थ्य सुधारका क्षेत्रमा लगानी गर्न सक्ने बताएका छन्।

यद्यपि, विशेषज्ञहरूले यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको बताएका छन्। औषधि कम्पनीहरूसँग गरिएका सम्झौताका विस्तृत शर्त तथा तथ्याङ्कहरू सार्वजनिक नगरिएकाले वास्तविक बचत कति हुन्छ भन्ने स्पष्ट नरहेको विज्ञहरूको भनाइ छ।

आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनको पृष्ठभूमिमा यो घोषणा आएको हो। ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले “यो एउटै कदमले हामीलाई मध्यावधि चुनाव जिताउन पर्याप्त हुनसक्छ” भनेका छन्। सो अवसरमा उनीसँगै स्वास्थ्य तथा मानव सेवा मन्त्री रोबर्ट एफ. केनेडी जुनियर र मेडिकेयर तथा मेडिकेइड सेवा केन्द्रका प्रशासक डा. मेहमेट ओज लगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।