२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

लस एन्जलसका सङ्घीय न्यायाधीशद्वारा बिना वारेन्ट गरिने आप्रवासी गिरफ्तारीमा रोक लगाउन आदेश

तस्वीर : आइस

अमेरिकाको लस एन्जलसस्थित एक सङ्घीय न्यायाधीशले अध्यागमन अधिकारीहरूलाई बिना वारेन्ट नागरिकहरूलाई गिरफ्तार नगर्न आदेश दिएका छन्। यदि व्यक्ति भाग्न सक्ने स्पष्ट आधार र सम्भावना पहिले नै पुष्टि हुँदैन भने, वारेन्टबिना गिरफ्तार गर्न नपाइने आदेशमा उल्लेख छ।

अमेरिकी जिल्ला न्यायाधीश मामे इवुसी-मेन्सा फ्रिमपोङले प्रारम्भिक आदेश जारी गर्दै, सरकारले बिना वारेन्ट गिरफ्तारी गर्दा व्यक्ति भाग्न सक्ने सम्भावना वा जोखिमको विश्लेषण नै नगर्ने गरेको बताए। यो आदेश क्यालिफोर्नियाको सेन्ट्रल डिस्ट्रिक्ट जसमा लस एन्जलस, ओरेन्ज, रिभर्ससाइड, सान बर्नार्डिनो, भेन्टुरा, सान्टा बारबरा र सान लुइस ओबिस्पो काउन्टीहरूमा लागू हुनेछ।

आदेशअनुसार अब सङ्घीय अध्यागमन एजेन्टहरूले बिना वारेन्ट कसैलाई पक्राउ गर्नुअघि सम्पूर्ण वस्तुस्थिति र तथ्यहरूको मूल्याङ्कन गर्नुपर्नेछ। न्यायाधीश फ्रिमपोङले भनेका छन्, “अमेरिकामा अध्यागमन नियम उल्लङ्घन गरेर बस्दैमा मात्रै कोही व्यक्ति वारेन्ट लिनुअघि भागिहाल्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।”

अबदेखि एजेन्टहरूले यस क्षेत्रमा बिना वारेन्ट गिरफ्तारी गर्दा, पक्राउ गर्नुअघि नै उक्त व्यक्ति भाग्ने जोखिम थियो भन्ने स्पष्ट तथ्य र कारणहरू कागजातमा अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।

यो निर्णय ‘अमेरिकन सिभिल लिबर्टिज युनियन अफ साउदन क्यालिफोर्निया’ र अन्य सङ्घसंस्थाले गैरकानुनी गिरफ्तार र सोधपुछविरुद्ध दायर गरेको मुद्दाको आधारमा आएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।