हवाईमा भीषण ‘हरिकेन लोल’को जोखिम: क्याटगोरी ४ को शक्तिशाली आँधीबारे उच्च सतर्कता
Photo: Julian Armstrong/Unsplash
हवाई टापु नजिकै तीव्र गतिमा अघि बढिरहेको ‘हरिकेन लोल’को प्रभाव आगामी सोमबार रातिसम्म टापु क्षेत्रमा देखिने अनुमान गरिएको छ। राष्ट्रिय हरिकेन केन्द्रका अनुसार हाल क्याटगोरी ४ को स्थितिमा रहेको यो शक्तिशाली आँधीमा १४५ माइल प्रतिघण्टा (करिब २३३ किमी/घण्टा) को गतिमा हावा चलिरहेको छ।
शनिबार बिहानको अद्यावधिक जानकारी अनुसार आँधीको केन्द्र काउआईको लिहुएबाट ६३५ माइल र होनोलुलुबाट ६४० माइल दक्षिण-दक्षिणपश्चिममा अवस्थित छ। यो आँधी ७ माइल प्रतिघण्टाको सुस्त गतिमा उत्तर-पश्चिमतातर्फ अघि बढिरहेको छ।
मोडलहरूका अनुसार आँधीको केन्द्र सेप्टेम्बर ७ मा काउआई टापुभन्दा १०० देखि २०० समुद्री माइल पश्चिम भई जानेछ। यदि आँधी थोरै पूर्वतर्फ मोडिएमा काउआई काउन्टीमा अझ बढी खतरनाक हावाहुरी चल्न सक्नेछ।
सेप्टेम्बर ६ को साँझदेखि माउई र बिग आइल्यान्डमा वर्षा सुरु भई सेप्टेम्बर ७ सम्म अन्य टापुहरूमा फैलिन सक्छ। अधिकांश क्षेत्रमा ३ देखि ६ इन्च र काउआई तथा बिग आइल्यान्डका केही भागमा १० इन्चसम्म वर्षा भई भीषण बाढी तथा पहिरो जान सक्ने चेतावनी दिइएको छ।
आँधीका कारण १ देखि ३ फिटसम्म समुद्री सतह माथि उठ्न सक्ने र ठूला विनाशकारी छालहरू आउन सक्ने अनुमान छ।
निहोआ’टापुमा ८४% र ‘काउआई’ टापुका विभिन्न स्थानहरूमा १५ देखि ३९% सम्म भारी आँधीबेहरी आउने सम्भावना छ।
स्थानीय प्रशासन तथा मौसम सेवाले बासिन्दाहरूलाई पूर्वतयारी अपनाउन, सुरक्षित स्थानको पहिचान गर्न र कम्तीमा तीन दिनका लागि खाद्यान्न, पानी तथा औषधि व्यवस्थापन गरी आपत्कालीन तयारी चुस्त राख्न आग्रह गरेका छन्।





