२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

पेन्सिलभेनिया स्टेट युनिभर्सिटीमा कोकिन तस्करीको जालो पर्दाफास, अभिभावकसहित १४ जना पक्राउ

Photo: Raj Gandhi/ Unsplash

पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका फ्र्याटर्निटी सदस्यहरूले चलाएको कोकिन तस्करीको एक जटिल जालोलाई प्रहरीले ध्वस्त पारेको छ। ‘अपरेसन ड्रग्स अनलिमिटेड’ नाम दिइएको यस अभियानअन्तरगत विश्वविद्यालयका दुई फ्र्याटर्निटीहरू-सिग्मा काई र डेल्टा अप्सिलोनबाट विद्यार्थी, पूर्वविद्यार्थी र एक अभिभावकसहित १४ जनालाई पक्राउ गरिएको छ।

अभियोजकहरूका अनुसार, यो गिरोहले नयाँ भर्ना हुने विद्यार्थीहरूलाई ड्रग्स काट्ने र प्याक गर्ने काममा लगाउने गर्दथ्यो, जुन उनीहरूका लागि फ्र्याटर्निटीमा प्रवेश गर्ने ‘र्यागिङ’ को एक हिस्सा बनेको थियो। यस गिरोहका मुख्य नाइकेहरूमा अगोस्टिनो एब्बाटीलो र थोमस रोबिन्सन रहेका छन्, जसले न्युयोर्क र फिलाडेल्फियाबाट कोकिन ल्याई मुख्यतया पेन्सिलभेनियाका विद्यार्थीहरूलाई बिक्री गर्दै आएका थिए।

पेन्सिलभेनियाका एर्टोर्नी जनरल डेभ सन्डेले एक पत्रकार सम्मेलनमा यो एक अत्यधिक नाफामूलक र संगठित ड्रग्स तस्करीको गिरोह भएको खुलासा गरेका छन्। पक्राउ पर्नेहरूमा ४ जना वर्तमान विद्यार्थी, ९ जना पूर्वविद्यार्थी र थोमस रोबिन्सनका बुबासमेत रहेका छन् जसले प्रमाण लुकाउन र अनुसन्धानमा बाधा पुर्‍याउन मद्दत गरेका थिए।

घटनापछि विश्वविद्यालयले डेल्टा अप्सिलोनलाई निलम्बन गरेको छ भने सिग्मा काई पहिले नै विश्वविद्यालयको आधिकारिक मान्यता बाहिर सञ्चालनमा रहेको जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।