अमेरिकाको एउटै राज्यमा ९० दिनमा २८३ जना कागजातविहीन  ट्रक चालकलाई कारवाही


प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार

blue and white truck close-up photography

तस्बिर: गिउलिया लोरेन्जोन/अनस्प्लास

अमेरिकाको इन्डियानामा विगत ९० दिनमा २८३ जना कागजातविहीन आप्रवासी ट्रक चालकहरूलाई ट्राफिक जाँचका क्रममा रोकिएको छ। गभर्नर माइक ब्राउनका सहयोगी तथा नर्थवेर्स्टर्न इन्डियाना रिजनल प्लानिङ कमिसनका सदस्य टोनी फेरारोले बिहीबार आयोजित कार्यकारी बोर्डको बैठकमा यो जानकारी दिएका हुन्। फेरारोका अनुसार यसको अर्थ दैनिक रूपमा औसत तीन जनाभन्दा बढी कागजातविहीन चालकहरूलाई ट्रकबाट बाहिर निकालिएको छ।

पक्राउ परेका धेरै चालकहरूसँग क्यालिफोर्निया र न्यूयोर्क जस्ता राज्यहरूबाट जारी गरिएका व्यावसायिक चालक अनुमति पत्र  थिए, जहाँ व्यावसायिक चालक बन्नका लागि नागरिकता आवश्यक पर्दैन। फेरारोले यो कार्य पूर्ण रूपमा गैरकानूनी भएको उल्लेख गर्दै राज्यले उनीहरूमाथि कानुनी कारबाही अगाडि बढाएको स्पष्ट परेका छन्।

यी चालकहरूलाई मुख्य रूपमा अन्तरराज्यीय राजमार्गमा रहेका ट्रकको तौल नाप्ने केन्द्रमा रोकिएको थियो। गभर्नर ब्राउन ट्राफिक सुरक्षाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र पछिल्लो समय एक्सप्रेसवे तथा युएस ३० मा तीव्र गति नियन्त्रण गर्ने प्रयासहरू बढाइएको छ।

यस अभियानले गति कम गर्न मात्र नभई अवैध ओसारपसार र घुसपैठ नियन्त्रण गर्न समेत मद्दत पुर्‍याएको छ। एनआईआरपीसीका कार्यकारी निर्देशक टाइ वार्नरले यस क्षेत्रबाट कति धेरै अवैध सामग्री र गतिविधिहरू सञ्चालन हुन्छन् भन्ने कुरा अमेरिकी न्याय मन्त्रालयले स्पष्ट पारेको बताए।

यसैगरी, इन्डियाना यातायात मन्त्रालयका डेपुटी कमिश्नर म्याट डिचलीले सडक निर्माण क्षेत्रहरूमा  राज्य पुलिसले गति सीमा लागू गर्न विशेष सक्रियता देखाएको बताएका छन। यसका लागि राज्यभर चारवटा सुरक्षा क्यामेराहरू प्रयोग गर्ने पाइलट कार्यक्रम सुरु गरिएको छ, जसमध्ये एउटा यो गर्मीयाममा नर्थवेस्ट इन्डियानामा प्रयोग गरिने सम्भावना छ।

यस प्रविधिले सवारी साधनको गतिलाई उल्लेखनीय रूपमा कम गराएको दाबी अधिकारीहरूले गरेका छन्। साथै, बोर्मन एक्सप्रेसवेको ‘फ्लेक्स रोड’ परियोजनाका लागि फाइबर अप्टिक जडान गर्ने काम भइरहेको छ, जसले नयाँ लेनहरू थप नगरीकन सडकको क्षमता बढाउनेछ र दुर्घटनाका बेला आपतकालीन लेनहरूलाई प्रयोग गर्न सहज बनाउनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com