इरानविरुद्धको सैन्य कारबाही अन्त्य गर्ने ट्रम्पको चाहना


प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न चाहेको खुलासा भएको छ।

अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार, ट्रम्पले आफ्ना सहयोगीहरूलाई आफू इरानविरुद्धको सैन्य अभियान टुङ्ग्याउन तयार रहेको बताएका हुन्।

होर्मुज जलमार्ग पूर्ण रूपमा नखुलेपछि ट्रम्पले यो कदम चाल्न चाहेको उक्त पत्रिकाले जनाएको छ। रिपोर्टका अनुसार, इरानको नौसेना र मिसाइल क्षमतामा ठूलो क्षति पुर्‍याइसकेपछि अब अमेरिकाले कूटनीतिक दबाबमार्फत व्यापार मार्ग पुनः सञ्चालन गराउनेतर्फ ध्यान केन्द्रित गर्न चाहेको देखिन्छ।

यसैबिच, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले रक्षा मन्त्री पिट हेगसेथसँग सम्बन्धित लगानीबारे आएका समाचारहरूलाई अस्वीकार गरेको छ। इरान युद्ध सुरु हुनुअघि हेगसेथका एक ब्रोकरले सैन्यसम्बन्धी कम्पनीहरूमा “ठूलो लगानी” गर्ने प्रयास गरेको दाबी गरिएका विवरणहरू बाहिर आएका थिए।

पेन्टागनका प्रमुख प्रवक्ता सेन पर्नेलले भने, “न त मन्त्री हेगसेथ, न त उनका कुनै प्रतिनिधिले नै ‘ब्ल्याकरक’ सँग यस्तो कुनै लगानीबारे सम्पर्क गरेका छन्।”

उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उक्त रिपोर्टलाई “आधारहीन र भ्रामक” संज्ञा दिएका छन् र त्यसलाई तुरुन्त सच्याउन वा फिर्ता लिन माग गरेका छन्।

मन्त्री हेगसेथ इरानविरुद्धको युद्ध अभियानमा अग्रणी भूमिकामा रहँदै आएका छन्। उनले बारम्बार प्रेस ब्रिफिङमार्फत सैन्य आक्रमणको दृढ समर्थन गर्दै आएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com