फेब्रुअरीका लागि बढाइयो डिभी विजेता नेपालीको केस नम्बर, ६५ सयसम्म केस नम्बर हुने योग्य


प्रकाशित मिति : पुस १, २०८२ बुधबार

फेब्रुअरीका लागि डिभी विजेता नेपालीको केस नम्बर बढाएर ६५ सय बनाइएको छ । बुधबार सार्वजनिक भिसा बुलेटिन अनुशार ६५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरु फेब्रुअरीमा भिसा पाउन योग्य हुनेछन् ।

डिभी २०२६ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गरेकोमा पहिलो महिना ६ हजार सम्म केस नम्बर हुने २०२६ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य रहेका थिए । तर नोभेम्बर, डिसेम्बर हुँदै जनवरीका लागि पनि सोही सिमाबन्दी नै कायम गरिएको थियो ।

डिभी २०२६ का लागि भिसा प्रकृया अगाडि बढाउन ३९३३ जना नेपालीहरु छनौट भएका छन् । लोटरी प्रणालीमार्फत लगभग १२९,५१६ सम्भावित आवेदकहरू छनौट गरिएको र उनीहरु आप्रवासी भिसाको लागि आवेदन दिन योग्य हुनसक्ने भिसा बुलेटिनमा उल्लेख गरिएको छ । छनोट भएका केही व्यक्तिहरूले आफ्नो आवेदन पूरा नगर्ने वा भिसाको लागि अयोग्य ठहरिने सम्भावना हुने भएकोले उपलब्ध भिसाभन्दा ठूलो संख्यामा विजेताहरु छनौट गरिएको विदेश मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०२६ का विजेताहरुले अक्टोबर १, २०२५ देखि सेप्टेम्बर ३०, २०२६ सम्म भिसा पाइसक्नुपर्छ ।

उनीहरु अक्टोबर २, २०२४ देखि नोभेम्बर ७, २०२४ सम्म ३७ दिनको आवेदन अवधिमा डिभी भरेकाहरु हुन् । यो अवधिमा कुल २ करोड ८ लाख २२ हजार ६२४ योग्य आवेदनहरु प्राप्त भएको र दर्ता भएका आवेदकहरूलाई लोटरीबाट छनोट गरिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिभी २०२५ अन्तगत १४ हजार ४ सय ५० भन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा पाएनन् । सेप्टेम्बर ३० पछि डिभी २०२५ समाप्त भइसकेको छ । अक्टोबर १ देखि आर्थिक बर्ष २०२६ को डिभी सुरु भइसकेकाले डिभी २०२५ का १४ हजार ४ सय ५० भन्दा माथि केस नम्बर हुनेहरुले भिसा पाएनन् ।

अमेरिकी संसदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

डिभी पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

सामान्यतया हरेक बर्ष अमेरिकी डिभी लोटरी अक्टोबरको पहिलोसाता खुल्ने भएतापनि डिभी २०२७ खुल्नमा भने ढिलाई भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरीमा दर्ताका लागि अझै मिति घोषणा गरिसकेको छैन ।

विदेश मन्त्रालयले डिभी लोटरी कार्यक्रमको घोषणा छिट्टै हुने स्पष्ट पारेको छ । अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा लोटरी कार्यक्रमको दर्ताका लागि १ डलर शुल्क तोक्ने अन्तिम नियम गत सेप्टेम्बरमा नै फेडरल रजिस्टरमा प्रकाशित गरेको थियो । यो नयाँ शुल्क डिभी भर्दा नै विद्युतीय माध्यमबाट तिर्नुपर्नेछ । यस शुल्कबाट लगभग २५ मिलियन डलर आम्दानी हुने विदेश मन्त्रालयको अनुमान छ।

ट्रम्प प्रशासनले डीभी लोटरी आवेदकहरूका लागि पासपोर्ट अनिवार्य गर्ने नियम पनि प्रस्ताव गरेको छ, तर अन्तिम रूप दिन लाग्ने समयका कारण यसपटक यो नियम लागू नहुने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com