डिभी लोटरीसहित अमेरिकामा सम्पूर्ण आप्रवासन स्थगित गर्न रिपब्लिकन सांसदको माग


प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार

white concrete building under clear blue sky

तस्बिर: अलेजान्ड्रो बार्बा

अमेरिकाको प्रतिनिधि सभामा टेक्सासका रिपब्लिकन सांसद चिप रोयले अमेरिकामा सबै प्रकारका आप्रवासन स्थगित गर्न माग गरेका छन्। अटर्नी जनरलका लागि उम्मेदवार समेत रहेका रोयले हालको अवस्थालाई नियन्त्रण गर्न आप्रवासन रोक्नु आवश्यक भएको तर्क गरेका छन्।

उनको भनाइमा, अहिले अमेरिकाले सामना गरिरहेको अवस्था ‘कट्टरपन्थी वामपन्थी नीतिहरूको परिणाम’ हो। उनले डेमोक्र्याटहरू जानाजानी खुला सिमानाको पक्षमा रहेको र जनतालाई झूटो सूचना दिएको आरोप लगाएका छन् ।

रोयले कामदार भिसा (एचवान बी), डाइभर्सिटी भिसा र चेन माइग्रेसन प्रणालीको दुरुपयोग भइरहेको दाबी गरेका छन् । उनले कानूनी माध्यममार्फत मानिसहरूलाई सरकारी सुविधा प्रदान गरेर कायम राखिने प्रवृत्तिलाई पनि आलोचना गरेका छन् ।

उनका अनुसार, कागजातविहीन आप्रवासीले मेडिकेड र कल्याणकारी सुविधा पाउन नपाउने व्यवस्था भए पनि व्यवहारमा उनीहरूले ती सुविधा लिइरहेका छन्। उनले डेमोक्र्याटहरूले यस्तो नभएको बताए पनि तथ्याङ्कले विपरीत देखाउने दाबी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल अमेरिकामा ५ करोड १५ लाख विदेशी मूलका जनसंख्या छन्, जुन कुल जनसंख्याको करिब १६ प्रतिशत हो। यो सन् १९०० यताको सबैभन्दा उच्च प्रतिशत भएको उल्लेख गर्दै उनले आप्रवासन तत्काल स्थगित गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

उनले सन् १९२० तिर आप्रवासन रोकिएपछि अमेरिका करिब ४० वर्षमा पुनः आफ्नो सार्वभौमसत्ता सुदृढ गर्न सफल भएको स्मरण गरेका छन् । उनका अनुसार, अन्य देशबाट, विशेषगरी इस्लामवादी समूहबाट आएका धेरै मानिसले अमेरिकाको मूल्य र संस्कृतिलाई आत्मसात गर्न चाहेका छैनन्।

त्यस्तै उनले मेक्सिको, उत्तर त्रिकोण र मध्य अमेरिकाका हिस्पानिक आप्रवासीमध्ये धेरैले आफ्नो सपना साकार गर्न अमेरिका आएको भए पनि हजारौँ मानिसले एचवान बी र डाइभर्सिटी भिसाको दुरुपयोग गर्दै अमेरिकामा बसेर आत्मसात गर्न नचाहेको आरोप लगाए।

रोयले आप्रवासन रोकेर यी सबै विषयहरू पुनः व्यवस्थित गर्नुपर्ने आवश्यकता दोहोर्याएका छन् । डिभी लोटरी कार्यक्रमबारे आलोचना गर्दै यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बारम्बार विरोध गर्दै आएका छन् । ट्रम्प प्रशासनले आप्रवासीहरूले स्वास्थ्य, आवास, खाद्यान्न लगायतका सरकारी सुविधा नलिउन् भनेर ‘पब्लिक चार्ज’ नियम कडा बनाएको छ।

सन् २०१७ मा म्यानहट्टनमा भएको घातक ट्रक आक्रमणपछि ट्रम्पले पहिलो प्रतिक्रियामा डाइभर्सिटी भिसा लोटरी कार्यक्रम समाप्त गर्न संसदलाई आह्वान गरेका थिए। उज्बेकिस्तानबाट डिभीमार्फत अमेरिका आएका २९ वर्षीय सेफुल्लो साइपोभलाई उक्त आक्रमणको अभियुक्त बनाइएको थियो, जसमा ८ जनाको मृत्यु भएको थियो।

त्यो समयमा ट्रम्पले डिभी लोटरीको विरोधमा विभिन्न ट्वीट र अन्य सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले सन् २०१७ मा समर्थन गरेको ‘रेज एक्ट’ नामक विधेयकमा परिवारमा आधारित अध्यागमन घटाउने, रोजगारीमा आधारित भिसा प्रणाली परिवर्तन गर्ने र डाइभर्सिटी भिसा समाप्त गर्ने प्रस्ताव समावेश थियो। सो विधेयक रिपब्लिकन सिनेटर टम कटन र डेभिड पर्ड्युले ल्याएका थिए, तर पारित हुन सकेन। त्यसपछिको अर्को यस्तै प्रयास सन् २०१८ मा पनि असफल भएको थियो।

डाइभर्सिटी भिसा लोटरी कार्यक्रम अमेरिकाको अध्यागमन र राष्ट्रियता ऐनअन्तर्गत स्थापना गरिएको हो। यसको संशोधन वा समाप्ति केवल संसदले विधेयक पारित गरेमात्र सम्भव हुन्छ। सन् १९९५ यताको अवधिमा करिब ६० हजारभन्दा बढी नेपालीले डिभी कार्यक्रममार्फत ग्रीन कार्ड प्राप्त गरेका छन्, जुन अमेरिकास्थित नेपाली ग्रीन कार्डधारकहरूको झन्डै २५ प्रतिशत हो। यो अनुपातले नेपालीहरूलाई विश्वभर डिभी लोटरीमार्फत ग्रीन कार्ड प्राप्त गर्ने शीर्ष समूहमा पुर्‍याएको छ।

पछिल्ला वर्षहरूमा हरेक वर्ष करिब १० लाखभन्दा बढी नेपालीले डिभी कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्। सहभागिता वर्षौंयता निरन्तर बढ्दै आएको छ। पासपोर्ट आवश्यक पर्ने वर्षहरूमा केही घटे पनि त्यसपछिका अवधिमा पुनः वृद्धि भएको देखिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com