माम्दानी निर्वाचित भएपछि क्वीन्समा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास


प्रकाशित मिति : कार्तिक १९, २०८२ बुधबार

न्युयोर्क सिटीको मेयरमा माम्दानी निर्वाचित भएपछि क्वीन्सका विभिन्न क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास फैलिएको छ । क्वीन्सका ज्याक्सनहाइट क्षेत्रमा आइसको गतिविधि बढेको भन्दै नेपाली समुदायमा त्रास फैलिएको छ । सामाजिक सञ्जालका विभिन्न च्यानलहरुमा नेपालीमाझ त्यस्ता सन्देशहरु प्रवाह भइरहेका छन् । आइस आफैले भने क्वीन्समा गतिविधि बढाएकोबारे कुनै सार्वजनिक पुष्टी गरेको छैन । ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजा क्षेत्रमा आइस देखिएको बताइएपनि त्यहाँ व्यवसाय गरिरहेका एक नेपालीले भने आफू विहानैदेखि उक्त क्षेत्रमा भएपनि आइसको गतिविधि नदेखेको बताएका छन् ।

न्युयोर्क सिटीको मेयरमा जोहरान माम्दानीको विजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय शक्तिको प्रयोग गरेर न्युयोर्क शहरलाई सजाय दिनसक्ने आशंका बढेको छ । हालै न्युयोर्क सिटीको चाइनाटाउनमा भएको आइसको कारवाहीपछि यो त्रास र आशंका अझै बढेको छ । जसले सामाजिक सञ्जालमा चिन्ताका सन्देशहरू देखिएका हुन् । न्युयोर्कका एकजना नेपाली व्यवसायीले पनि आइसको गतिविधि बढ्नसक्नेबारे चिन्ता व्यक्त गरेका छन् । उनले ट्म्पको चेतावनीका कारण आइसको गतिविधि बढ्नसक्ने भएकाले आफूहरु चिन्तित भएको बताएका हुन् ।

राष्ट्रिय राजनीतिको तनाव, माम्दानीको नीति र नेपाली डायस्पोराको स्थानीय अवस्थासँग जोडिएको छ । आफ्नो चुनावी अभियानका क्रममा माम्दानीले खसोखाससँग कुराकानीमा संघीय अध्यागमन कानुन कार्यान्वयनको कडा निन्दा गर्दै शहरको आप्रवासी समुदायलाई आइसको छापाबाट बचाउने र न्यूयोर्कको आश्रय शहरको स्थिति कायम राख्ने वाचा गरेका थिए ।

मामदानीले आफूलाई आप्रवासी अधिकारका एक दृढ रक्षक को रूपमा प्रस्तुत गरेका थिए । देशभरि आइसले मानिसहरूलाई गरेको व्यवहार देखेका न्यूयोर्कवासीहरू डरमा बाँचिरहेका तथा प्राय आफ्नो घरबाट बाहिर निस्कन पनि डराउने माम्दानीले उल्लेख गरेका थिए । उनले निर्वाचित भएपनि डोनाल्ड ट्रम्पसँग सहकार्य गर्न वा समन्वय गर्न खोज्ने नभई यस शहरका जनताको पक्षमा उभिने मेयर वाचा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्क शहरको पहिलो आप्रवासी मेयर बनेका मामदानीले चुनावी अभियानका क्रममा आफू आफ्नो आश्रय शहरको स्थितिमा गर्व गर्ने र ती आप्रवासीहरूको रक्षा गर्न तयार मेयर बन्ने प्रतिबद्धता जनाएका थिए । उनको सन्देश खासगरी नेपाली लगायत आप्रवासी समुदायहरूमा कार्यस्थल र अन्य संवेदनशील स्थानहरूमा आइसको छापाहरू बारे रहेका चिन्ताहरूको जवाफ थियो।

अमेरिकाको अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाएकामध्ये झण्डै ४० प्रतिशत नेपालीहरु न्युयोर्कका बासिन्दाहरु रहेका छन् । अर्थात् अध्यागमन अदालतमा उनीहरुलाई देशनिकालाको फैसला हुँदा उनीहरुको ठेगाना न्युयोर्कमा रहेको थियो । देशनिकालाको आदेश पाएका झण्डै ३५ सय मध्ये झण्डै १४ सय जना न्युयोर्कका बासिन्दा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । यो तथ्यांक विगत २० बर्षको हो ।

उनीहरुमध्ये झण्डै ३ हजार नेपालीहरु अहिलेपनि अमेरिकाभित्रै रहेको तथ्यांकले देखाएको छ । तीमध्ये १५ सयलाई टीपीएसले संरक्षण प्रदान गरेको थियो तर उनीहरुको पनि अहिले टीपीएस समाप्त भइसकेको छ । त्यो बाहेक अरु १४ सय पनि देशनिकालाको आदेशपछि अमेरिकामा नै लुकिछिपी बसेको तथ्यांकले देखाएको छ । हालै आइसले सार्वजनिक गरेको तथ्यांक अनुशार १३५६ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि टीपीएस लगायत विना कुनै संरक्षण अमेरिकामा नै बसिरहेका थिए । अर्थात् उनीहरु सन् २०१५ को जुनपछि देशनिकालाको आदेश पाउनेहरु भएको देखिएको छ । उनीहरु अहिले आइसले पक्राउ गरेर देशनिकालाको उच्च जोखिममा रहेकाहरु हुन् ।

देशनिकालाको आदेश पाएकाहरुमा झण्डै ५ सय जना क्यालिफोर्निया निवासी र झण्डै साढे ३ सय जना टेक्सास निवासी रहेको तथ्यांकले देखाएको छ । मेरिल्याण्ड निवासी झण्डै २ सय र जर्जिया निवासी झण्डै डेढसयजना रहेका छन् । देशनिकालाको आदेश पाएका झण्डै ३५ सय जनामा झण्डै २२ सय जनालाई कहिलेपनि हिराशतमा लिइएको थिएन भने झण्डै ८ सय जनालाई रिहा गरिएको थियो । झण्डै साढे ५ सय जनालाई पनि हिराशतमा राखिएका बेलामा देशनिकालाको आदेश भएकाले उनीहरु प्राय नेपाल फिर्ता भइसकेका छन् ।

देशनिकालको आदेश पाएकामध्ये झण्डै २३ सयले वकिल राखेका थिए भने झण्डै १२ सयले कुनै वकिल राखेका थिएनन् । देशनिकालको आदेश पाउनेहरु अदालती सुनुवाईको क्रममा उल्लेखित राज्यहरुमा रहेपनि त्यसपछि उनीहरु कुन राज्यमा छन् भन्नेबारे कुनै यकिन तथ्यांक सार्वजनिक भएको छैन । देशनिकालाको आदेश पाउने नेपाली सबैभन्दा धेरै सन् २०१९ मा थिए । उक्तबर्ष झण्डै साढे ३ सय नेपालीले देशनिकालको आदेश पाएकोमा १२१ जना न्युयोर्कमा ठेगाना भएकाहरु थिए ।

बाइडेनकालका ४ बर्षमा झण्डै ६ सय नेपालीहरुले देशनिकालाको आदेश पाएकोमा अघिल्लो ट्रम्प प्रशासनका ४ बर्षमा झण्डै ९ सय नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com