टीपीएस र यू भिसाले ग्रिनकार्डका लागि ‘प्रवेश’ आवश्यकता पूरा नगर्ने युएससीआईएसको पोलिसी अलर्ट


प्रकाशित मिति : कार्तिक १७, २०८२ सोमबार

एआईद्वारा सिर्जित तस्बिर।

टीपीएस र यू भिसा हुँदैमा ग्रिनकार्डमा जान नसकिने प्रष्ट पार्दै युएससीआईएसबाट नीति अलर्ट जारी गरेको छ। युएससीआईएसले तत्काल लागू हुने गरी नयाँ नीति अलर्ट जारी गर्दै अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २४५९क० अन्तर्गतको सामान्य ‘स्थिति समायोजन’ प्रक्रियाका लागि टीपीएस वा यू भिसा को स्वीकृतिलाई “प्रवेश” नमानिने प्रष्ट पारेको छ।

एजेन्सीका अनुसार यो नयाँ निर्देशन सन् २०२१ को अमेरिकी सर्वोच्च अदालतको मुद्दाले दिएको निष्कर्षलाई प्रतिबिम्बित गर्नका लागि जारी गरिएको हो। एक व्यक्ति अध्यागमन तथा राष्ट्रियता ऐनको मानक प्रक्रियामार्फत ग्रीन कार्डका लागि योग्य हुनका लागि उनीहरूले अमेरिकामा निरीक्षण गरी प्रवेश पाएको वा निरीक्षण गरी परोलमा आएको हुनुपर्ने प्रष्ट पारिएको छ।

सर्वोच्च अदालतको सन् २०२१ को मुद्दा टीपीएसको स्वीकृतिलाई ग्रिनकार्ड पाउनका लागि ‘प्रवेश’ मानिन्छ वा मानिँदैन भन्नेमा केन्द्रित थियो। अदालतले कानुनी हैसियत र औपचारिक रूपमा प्रवेश पाएकोलाई फरक देखाउँदै टीपीएसलाई ‘प्रवेश’ नमानिने फैसला गरेको थियो।

टीपीएसमाथिको आफ्नो फैसलामा, सर्वोच्च अदालतले सामान्यतया कानून प्रवर्तनलाई सहयोग गर्ने अपराध पीडितहरूलाई दिइने यू भिसा प्राप्त गैर(नागरिकहरूलाई उदाहरणको रूपमा उल्लेख गरेको थियो, जो अमेरिकामा हुँदा नै गैर-आप्रवासी स्थिति पाउन सक्छन् तर ग्रिनकार्डको उद्देश्यका लागि ‘प्रवेश’ पाएको मानिँदैनन्। अब युएससीआईएसले नीति पुस्तिकामा औपचारिक रूपमा यू भिसा वाहकहरूका लागि यस व्याख्यालाई समावेश गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यू भिसा वाहकहरूका लागि ग्रिनकार्डको लागि छुट्टै र विशेष बाटो छ। एजेन्सीले यो परिवर्तनले उनीहरूको स्थायी बसोबासको बाटोलाई भने समाप्त नगर्ने उल्लेख गरेको छ। यु भिसा वाहक आफ्नो प्रारम्भिक प्रवेश  जेसुकै भए पनि, तीन वर्षसम्म वैध यू भिसा  स्थिति कायम राखेपछि, विशेष आईएनए २४५ (एम)  प्रावधान अन्तर्गत आफ्नो स्थिति समायोजन गर्न पूर्ण रूपमा योग्य रहन्छन्।

यो नयाँ निर्देशनले मुख्यतया ती व्यक्तिहरूलाई असर गर्छ जसले सामान्य स्थिति समायोजन मार्गका लागि ‘प्रवेश’ आवश्यकता पूरा गर्न आफ्नो यू स्थितिको प्रयोग गर्ने प्रयास गरेका हुन सक्छन्, विशेष गरी जो निरीक्षण बिना नै विन भिसा देशमा प्रवेश गरेका थिए। यो नयाँ नीति तत्काल लागू भएको छ भने नोभेम्बर ३, २०२५ वा त्यसपछि निर्णय गरिएका आवेदनहरूमा लागू हुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com