संसद्मा उपस्थितिका लागि सभामुखको चेतावनी


प्रकाशित मिति : भाद्र २७, २०७३ सोमबार

सभामुख ओनसरी घर्तीले बिनासूचना संसद् बैठकमा अनुपस्थित सांसदको स्थान रिक्तताको चेतावनी दिएकी छन् । संसद्मा आवश्यक गणपूरक सङ्ख्या नपुगेर महìवपूर्ण विधेयकसमेत पारित हुन नसक्ने अवस्था आएपछि सभामुखले सदनको उपस्थितिलाई अनिवार्य बनाउन रुलिङ गरेकी हुन् ।

व्यवस्थापिका संसद्को आइतबारको बैठकमा सभामुखले संविधानको धारा ८९(घ) को व्यवस्थामा सांसदलाई ध्यानाकर्षण गराउँदै बैठकमा सहभागी हुन सम्बन्धित सांसदको ध्यानाकर्षण गराएकी हुन् ।

संविधानको धारा ८९ (घ) अनुसार दस पटकभन्दा बढी लगातार बिनासूचना अनुपस्थित भएमा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । केही सांसद लामो समयदेखि बिनासूचना विदेशमा रहँदा र संसद्मा कोरम नपुगेकामा सभामुखको सक्रियता नभएको आलोचना भएपछि यस्तो रुलिङ गरेकी हुन् ।

गत शुक्रबारको बैठकमा पनि आवश्यक गणपूरक सङ्ख्या नपुगेर उच्च अदालत गठनसम्बन्धी विधेयक पारित हुन सकेको थिएन । सांसदहरू संसद्मा हाजिर गरेर गैरसरकारी संस्थाको कार्यक्रममा गएका थिए । यस्तै दल र सभामुखको समन्वयको अभावका कारण शुक्रबार संसद् बैठक चलिरहेकै अवस्था संसदीय समिति बैठक पनि राखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उच्च अदालत गठनको महत्वपूर्ण विधेयक कार्यसूचीमा भए पनि संसद्मा आवश्यक गणपूरक सङ्ख्या पुगेको थिएन । ५६५ सांसद रहेको संसद्मा शुक्रबार ३६६ को प्रारम्भिक उपस्थिति थियो । तर, गणपूरक सङ्ख्या एकिनका क्रममा १२६ सांसदमात्र उपस्थित थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com