फेक एकाउन्ट खोलेर धम्कीपूर्ण पोस्ट गर्ने फ्लोरिडाका व्यक्ति एचएसआईद्वारा पक्राउ


प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार

सामाजिक सञ्जालमा धम्कीपूर्ण पोस्ट गर्ने फ्लोरिडाका एक व्यक्तिलाई होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सले पक्राउ गरेको छ। उनले अमेरिकी अध्यागमन एजेन्सी आइसका अधिकारीहरूलाई गोली हान्नुपर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लागेको छ।

फोर्ट मायर्सबाट एचएसआईका विशेष एजेन्टहरूले जोसेफ जियानकोला नामका फ्लोरिडाका एक व्यक्तिलाई पक्राउ गरेका हुन्। होमल्याण्ड सेक्युरिटीले आइसका अधिकारीहरूविरुद्ध ज्यान मार्ने धम्कीहरूमा ८ हजार प्रतिशतले वृद्धि भएको बताएको छ। जियानकोलाले आइसका अधिकारीहरूलाई गोली हान्नुपर्ने र उनीहरूको मृत्युको आह्वान गर्ने आशयका पोस्टहरू सामाजिक सञ्जालमा गरेको एचएसआईको आरोप छ।

जोसेफ जियानकोलाले केन डेलोन उपनाममा सामाजिक सञ्जाल ब्लुस्काईमा पोस्ट गरेका थिए। जियानकोलाले अनलाइनमा आइसका एजेन्टहरूलाई लक्षित गर्दै, “आइसका एजेन्टलाई पागल कुकुरलाई जस्तै गोली हान्नुहोस्,” “एउटा बन्दुक लिएर आइस नाजीहरूलाई गोली हाल्नुहोस्,” “आइस ठगहरूलाई गोली हानेर सुरु गर्नुहोस्,” “आइस ठगहरूलाई गोली हानेर मार्नुहोस्,” “आइस एजेन्टहरूलाई गोली हान्नुहोस्, तिनीहरू मेरो नजिक आए भने, म मार्नका लागि गोली हान्छु” जस्ता धम्कीपूर्ण स्टाटसहरू पोस्ट गरेका थिए।

होमल्याण्ड सेक्युरिटीका अनुसार, “आइसका अधिकारीहरूले अहिले उनीहरूमाथि हुने आक्रमणमा १ हजार प्रतिशतभन्दा बढी र उनीहरूविरुद्ध ज्यान मार्ने धम्कीहरूमा ८ हजार प्रतिशत वृद्धि सामना गरिरहेका छन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

होमल्याण्ड सेक्युरिटीकी सहायक सचिव ट्रिसिया म्याकलाग्लिनले यो कार्य गर्ने व्यक्तिले आइसका अधिकारीहरूविरुद्ध दोहोर्याएर घिनलाग्दो ज्यान मार्ने धम्की दिएको र उनी अहिले संघीय हिरासतमा रहेको बताइन्। उनले यस्ता व्यक्तिहरूलाई कानुनको पूर्ण हदसम्म मुद्दा चलाइने पनि जानकारी दिइन्। उनले कानुन प्रवर्तनलाई हिंसा वा मृत्युको धम्की दिने व्यक्ति यसैगरी जेलमा पर्ने चेतावनीसमेत दिएकी छन्।

होमल्याण्ड सेक्युरिटीले आफ्ना कर्मचारीहरूको सुरक्षा गर्न र हिंसाको धम्की दिने व्यक्तिहरूलाई जवाफदेही बनाउन, कानुनको पूर्ण हदसम्म मुद्दा चलाइने सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ। होमल्याण्ड सेक्युरिटीले राजनीतिज्ञहरू र मिडियालाई समेत आइसको बारेमा गरिने बयानबाजी कम गर्न चेतावनी दिँदै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com