आक्रामक बन्दै ट्रम्प प्रशासन, आइसको गति सुस्त भएपछि बोर्डर पेट्रोलका अधिकारीलाई खटाइँदै


प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आप्रवासन नियन्त्रणलाई अझ आक्रामक बनाउने रणनीतिअन्तर्गत अब इमिग्रेशन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइस)का क्षेत्रीय अधिकारीहरूलाई हटाएर बोर्डर पेट्रोलका अधिकारीहरूलाई अगाडि ल्याउने तयारी गरेका छन्। प्रशासनको यो कदमले देशभर आप्रवासी समुदायमा नयाँ त्रास फैलिएको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका दुई अधिकारी, एक पूर्व अधिकारी र एक सङ्घीय कानुन कार्यान्वयन स्रोतलाई उद्धृत गर्दै एनबीसी न्यूजले लेखेको समाचारमा ट्रम्प प्रशासनले निकट भविष्यमा कम्तीमा एक दर्जन आइसका फिल्ड अफिस प्रमुखहरूलाई स्थानान्तरण गर्ने र तीमध्ये आधालाई बोर्डर पेट्रोल अधिकारीहरूले प्रतिस्थापन गर्ने तयारी गरिरहेको उल्लेख गरिएको छ।

यो आगामी कदमको पछाडि ट्रम्पका सल्लाहकार स्टीफन मिलर र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी सल्लाहकार कोरी ल्युवान्डोव्स्कीको दबाब रहेको बताइएको छ । मिलरले लामो समयदेखि आइसमाथि पक्राउको गति सुस्त भएको आरोप लगाउँदै आएका छन्।

उनले केही महिनाअघि यदि दैनिक तीन हजार कागजातविहीन आप्रवासी पक्राउ नभएमा कमजोर प्रदर्शन भएका क्षेत्रका अधिकारीहरूलाई पदबाट हटाइने चेतावनी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनका अधिकारीहरू बोर्डर पेट्रोलको सैन्य शैलीको कार्यशैलीबाट प्रभावित देखिएका छन्। केही घटनाहरूमा एजेन्टहरूले ब्ल्याक हक हेलिकोप्टरबाट भवनमा रस्सी प्रयोग गरी ओर्लिएका छन् भने केहीले शिकागोमा रातको समयमा सुतिरहेका परिवारको अपार्टमेन्टमा छापा मारेका थिए।

गत हप्ताको बोर्डर पेट्रोल प्रमुख ग्रेग बोभिनोले भीडमा अश्रुग्याँस फ्याँकेको दृश्य सार्वजनिक भएको थियो । त्यसपछि उनीमाथि सङ्घीय अदालतमा मुद्दा दायर गरिएको छ।

कानुन कार्यान्वयन अधिकारीहरूका अनुसार आइसका धेरै अधिकारीहरूले बोर्डर पेट्रोलको यस्तो आक्रामक व्यवहारबाट असहज महसुस गरेका छन् । उनीहरूले बोर्डर पेट्रोलले युद्धमा होमिझैं व्यवहार गरिरहेको बताएको अधिकारीहरूले जनाएका छन् ।

ह्वाइट हाउसले यस कदमलाई पूर्ण समर्थन गरेको छ। प्रवक्ता एबिगेल ज्याक्सनले भनेकी छिन्, “राष्ट्रपतिको टोली एकै तालमा काम गर्दै छ । सीमा सुरक्षादेखि अपराधी कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने सम्मका उपलब्धिहरूले परिणाम आफैँ बोल्छन् ।”

सामान्यतया सीमा क्षेत्रमा सीमित रहने बोर्डर पेट्रोल अब अमेरिकी सहरहरूमा समेत देखिन थालेको छ। शिकागो, लस एन्जलस, ह्युस्टन र डल्लासजस्ता सहरहरूमा १५०० भन्दा बढी एजेन्टहरू पठाइएका छन्, जसले आप्रवासन नियन्त्रणलाई “सैन्य शैलीको” बनाइदिएको छ।

पूर्व आइस अधिकारीहरूका अनुसार आइससँग ब्ल्याक हक हेलिकोप्टर वा भारी उपकरण छैनन् । तर, बोर्डर पेट्रोलले त्यही स्रोत प्रयोग गर्दै सहरका बीचमा डर र शक्ति देखाइरहेको छ।

राजनीतिक विश्लेषकहरूले यो कदमलाई ट्रम्पको आप्रवासन नीतिको दोस्रो अध्यायका रूपमा हेरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com