ट्रम्पले कार्यभार सम्हालेपछि न्यूजर्सीबाट तीन हजारबढी आप्रवासी पक्राउ, सबैभन्दा धेरै टेक्सासबाट


प्रकाशित मिति : आश्विन २२, २०८२ बिहीबार

A female ICE ERO officer holds up a badge.

अमेरिकी इमिग्रेशन तथा कस्टम्स इन्फोर्समेन्ट (आइस)का एजेन्टहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि न्यू जर्सी राज्यमा ३,००० भन्दा बढी आप्रवासीहरूलाई पक्राउ गरेका छन्। यो सङ्ख्या देशका ५० राज्यहरूमध्ये नवौं उच्च हो।

रिपब्लिकनहरूले तयार गरेको बजेट कानुनबाट डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई प्राप्त करिब १७० बिलियन डलर बराबरको नयाँ कोषसँगै सरकारले वार्षिक १ मिलियन आप्रवासीलाई निर्वासन गर्ने लक्ष्य राखेको छ।

इमिग्रेशन इन्फोर्समेन्ट ड्यासबोर्डका तथ्याङ्क अनुसार, जनवरी २१ देखि जुलाई २०२५ सम्म आइसका एजेन्टहरूले देशभर १,३७,९४४ जनालाई गिरफ्तार गरेका छन्।

त्यसमध्ये ३,२०१ जना न्यू जर्सीमा मात्रै पक्राउ परेका हुन्। गिरफ्तारीको दर जुन महिनामा ८०२ मा पुगेपछि जुलाईमा घटेर ७२७ मा झरेको देखिन्छ। सन् २०२४ मा मात्र २,९५९ आप्रवासीहरू न्यू जर्सीमा पक्राउ परेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी तथ्याङ्कहरू निर्वासन डेटा परियोजना नामक शैक्षिक र कानुनी अनुसन्धान समूहले संकलन गरेको हो, जसले आप्रवासनसम्बन्धी अभिलेखहरू सूचनाको स्वतन्त्रता ऐनअन्तर्गत सरकारी स्रोतबाट प्राप्त गर्छ।

अहिलेसम्मको तथ्याङ्क अनुसार, प्रशासनले आप्रवासन हिरासत विस्तार गरेको टेक्सास राज्यमा सबैभन्दा धेरै २८,२१४ जनालाई गिरफ्तार गरेको छ । त्यसपछि फ्लोरिडा १२,८७७ र क्यालिफोर्निया १०,१२० जना गिरफ्तारीमा परेका छन् । न्यूयोर्क (४,५७६) र पेन्सिल्भेनिया (२,९५१) पनि शीर्ष १० राज्यमा पर्दछन्।

राष्ट्रिय रूपमा, गिरफ्तारी जुन महिनामा ३०,३९० मा पुगेपछि घटेर जुलाईमा २३,६१७ मा झरेको छ।

हाल अमेरिकी संघीय सरकार आंशिक रूपमा बन्द (शटडाउन) अवस्थामा भए पनि आइस र डिएचएसका एजेन्टहरूले गिरफ्तारी अभियान जारी राखेका छन्। नयाँ संघीय कानुनले डिएचएसलाई १७० बिलियन डलरको पहुँचयोग्य बजेट प्रदान गरेको छ, जसले स्वास्थ्य, खाद्य र जलवायु कार्यक्रमहरूमा कटौती गर्दै सैन्य खर्च र कठोर आप्रवासन नीतिलाई प्राथमिकता दिएको छ।

सोही कानुनले आप्रवासन मुद्दा हेर्ने न्यायाधीशहरूको संख्या ८०० मा सीमित गरेको छ। यी न्यायाधीशहरूले हाल करिब ४ मिलियन मुद्दाको पेंडिङ सामना गरिरहेका छन्, जसले आप्रवासन प्रक्रिया झनै ढिलो बनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com