किन डिभी लोटरी खुल्न ढिलो भइरहेको छ ? अमेरिकी विदेश मन्त्रालयको प्रतिकृया


प्रकाशित मिति : आश्विन १९, २०८२ सोमबार

वाशिंगटन, डी. सी. मा रहेको अमेरिकी विदेश मन्त्रालयको भवनको लबीको प्रवेशद्वार । (सेर्कन गुर्बुज/विदेश मन्त्रालय)

सामान्यतया हरेक बर्ष अमेरिकी डिभी लोटरी अक्टोबरको पहिलोसाता खुल्ने भएतापनि यो बर्ष भने त्यसमा केही ढिलाई भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरीमा दर्ताका लागि अझै मिति घोषणा गरिसकेको छैन । कतिपयले यो ढिलाईलाई अमेरिकी सरकार शटडाउन र डिभीमा दर्ताका लागि १ डलर शुल्क तिर्ने नियम लागु गर्नका लागि प्रणालीको विकाशसँग जोडेका छन् । यसबारे खसोखासले अमेरिकी विदेश मन्त्रालयलाई सोधेको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले दिएको जवाफमा ढिलाईको कारणलाई सम्बोधन गरिएको छैन । साथै डिभीमा दर्ताका लागि १ डलर शुल्क तिर्ने नियम लागु गर्नका लागि प्रणालीको विकाशका कारण ढिलो भएको हो वा होइन भन्ने विषयलाई पनि सम्बोधन गरेको छैन । तर डिभी लोटरी कार्यक्रमको घोषणा छिट्टै हुने स्पष्ट पारेको छ । विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, “डाइभर्सिटी इमिग्रेन्ट भिसा २०२७ कार्यक्रम चाँडै घोषणा गरिनेछ। यो घोषणा विदेश मन्त्रालयको वेवसाइटमा गरिनेछ।”

सेप्टेम्बर १६, २०२५ मा, विदेश मन्त्रालयले डाइभर्सिटी भिसा कार्यक्रममा दर्ता गर्न १ डलर शुल्क निर्धारण गर्ने अन्तिम नियम प्रकाशित गरेको तथा मन्त्रालयले पहिलो पटक सेप्टेम्बर १५, २०२५ मा जनतालाई नयाँ शुल्कको बारेमा सूचित गर्नुका साथै यो सेप्टेम्बर १६, २०२५ मा लागू भएको प्रष्ट पार्दै प्रवक्ताले भनेका छन्,  “दर्ताको लागि नयाँ शुल्कले दर्ता गर्नेहरूमा अनियमित छनोट प्रक्रिया व्यवस्थापन गर्ने लागतलाई अझ निष्पक्ष रूपमा भार पार्नेछ। यो परिवर्तनले शंकास्पद सम्भावित प्रवेशकर्ताहरूको शोषण गर्न खोज्ने व्यक्तिहरूद्वारा हुने अनुमानित दर्ताहरूलाई कम गर्न पनि मद्दत गर्नेछ।”

अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा लोटरी कार्यक्रमको दर्ताका लागि १ डलर शुल्क तोक्ने अन्तिम नियम गत सेप्टेम्बरमा नै फेडरल रजिस्टरमा प्रकाशित गरेको थियो । यो नयाँ शुल्क डिभी भर्दा नै विद्युतीय माध्यमबाट सङ्कलन तिर्नुपर्नेछ । यस शुल्कबाट लगभग २५ मिलियन डलर आम्दानी हुने विदेश मन्त्रालयको अनुमान छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अन्तिम नियमले डीभी लोटरी सञ्चालनको लागतलाई अझ निष्पक्ष रूपमा बाँडफाँड गर्ने उद्देश्य राखेको फेडरल रजिस्टरको सूचनामा उल्लेख छ। सूचनामा भनिएको छ, “परिवर्तनले लोटरी दर्ताको लागत सबै दर्ताकर्ताहरूमाथि लगाउनुको सट्टा डीभी आवेदन प्रक्रियामा पहुँच खोज्ने व्यक्तिहरूमाथि अझ निष्पक्ष रूपमा बोझ राख्ने बताइएको छ । यसअघि लोटरीको सञ्चालन खर्च डाइभर्सिटी भिसा आवेदन शुल्कमा समावेश गरिएको थियो, जुन हाल ३३० डलर रहेको छ । यो केवल भिसा पाउनेहरूले मात्र तिर्ने गर्थे।”

लोटरी सञ्चालनको लागत डीभी आवेदन शुल्कबाट हटाइए पनि सफल आवेदकहरूले तिर्ने कुल शुल्क ३३० डलर भने तत्काल घटाइने छैन। सरकारले भविष्यमा गरिने मोडेल अपडेटमा डीभी आवेदन शुल्कको समीक्षा गर्ने बताएको छ ।

डीभी २०२७ आवेदन अवधिको लागि अहिलेसम्म कुनै निश्चित मिति तोकिएको छैन । विदेश मन्त्रालयले चाँडै नै आफ्नो वेबसाइट र फेडरल रजिस्टरमा विस्तृत जानकारी प्रकाशित गर्ने अपेक्षा गरिएको छ, जसमा आवेदन अवधि, योग्यता मापदण्ड, र योग्य देशहरूको सूची समावेश हुनेछ।

ट्रम्प प्रशासनले डीभी लोटरी आवेदकहरूका लागि पासपोर्ट अनिवार्य गर्ने नियम पनि प्रस्ताव गरेको छ, तर अन्तिम रूप दिन लाग्ने समयका कारण यसपटक यो नियम लागू नहुने भएको छ । यद्यपि यसलाई २ महिना अघि ट्रम्प प्रशासनले औपचारिक रूपमा प्रस्ताव गरेको हो, तर बाइडेन प्रशासनले सुरुमा गत वर्ष यसलाई लागू गर्ने योजना बनाएको थियो।

यसअघि जुन २०१९ मा ट्रम्प प्रशासनले डीभी आवेदनका लागि पासपोर्ट अनिवार्य गर्ने अन्तरिम नियम लागू गरेको थियो। तर न्यायाधीश टिमोथी केलीले उचित प्रक्रिया नअपनाई नियम लागू गरिएको भन्दै त्यसलाई खारेज गरिदिएका थिए।

अहिलेको ट्रम्प प्रशासनले कानुनी अनुपालन सुनिश्चित गर्दै पासपोर्टको आवश्यकतालाई पुनःस्थापित गर्न काम गरिरहेको छ। अगस्ट ५, २०२५ मा, प्रस्तावित नियम फेडरल रजिस्टरमा प्रकाशित भएको थियो, जसमा सेप्टेम्बर १९, २०२५ सम्म सार्वजनिक टिप्पणीको अवधि खुल्ला थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com