सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्दै


प्रकाशित मिति : भाद्र २५, २०८२ बिहीबार

नेपालले शुक्रबार पहिलो महिला प्रधानमन्त्री पाउने सम्भावना बढेको छ। कुनै अवरोध र चलखेल भएन भने पूर्वप्रधानन्यायाधीश सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा इतिहास रच्नेछिन्। नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा भने विद्यादेवी भण्डारीले आफ्नो इतिहास लेखिसकेकी छिन्।

जेनजी आन्दोलनकारीहरूले प्रस्ताव गरेकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा सर्वपक्षीय सहमति जुटेपछि नेपालको पहिलो महिला प्रधानमन्त्री कार्की बन्ने करिब निश्चित भएको हो। कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र प्रमुख राजनीतिक दलका नेताहरू पनि सहमत भएका छन्।

जेनजी आन्दोलनकारीहरूले कार्कीलाई अन्तरिम प्रधानमन्त्री र प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेका थिए। तर, संसद् विघटनको विषयमा भने सहमति जुट्न बाँकी छ।

जेनजीका प्रतिनिधिहरू संसद् भङ्ग गर्नुपर्ने अडानमा छन् भने प्रमुख दलहरू यही संविधानअनुसार नै निकास खोज्नुपर्ने अडानमा रहेका छन्। कार्की पनि संविधानमा गैर-सांसद प्रधानमन्त्री बन्ने प्रावधान नरहेको भन्दै प्रतिनिधिसभा विघटन गर्नुपर्ने पक्षमा रहेको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले पनि सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा समर्थन गर्दै प्रतिनिधिसभा भङ्ग गर्नुपर्ने माग गरेका छन्।

जेनजीसँग वार्ताका लागि सहजीकरण गरिरहेको नेपाली सेनाले भने संसद् रहने वा नरहनेबारे केही बोलेको छैन। सेनाले पटकपटक संवादबाटै सहमति खोजिनुपर्ने बताउँदै आएको छ।

नेपालको संविधान २०७२ ले प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभाको सदस्य हुनुपर्ने व्यवस्था गरेको छ। प्रतिनिधिसभाको सदस्य नभएको व्यक्तिलाई कसरी प्रधानमन्त्री नियुक्त गर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले कानुनी परामर्शसमेत गरेका थिए। परामर्श दिनेहरूले संविधानलाई नै टेकेर निकास दिनुपर्ने सुझाव दिएका छन्।

यद्यपि, राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने विषयमा संविधानविद्हरूसँग परामर्श गरेका छन्। संविधानको उक्त उपधारामा लेखिएको छ, ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ।’

छलफलमा सहभागी संविधानविदका अनुसार यस्तो अवस्थामा कुन धारा अन्तर्गत प्रधानमन्त्री नियुक्त गरिएको हो भन्ने चाहिँ उल्लेख हुने छैन। संविधानको पालनकर्ता र संरक्षकका हिसाबले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्।

जेनजी समर्थक युवाहरूबीच नै सुशिला कार्की र कुलमान घिसिङ मध्ये कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा बिहीबार नेपाली सेनाको मुख्यालयअघि हातहालाहालको अवस्था सिर्जना भएपछि नेपाली सेनाको समन्वयमा राष्ट्रपति पौडेलले परामर्शलाई तीव्रता दिएका थिए।

भ्रष्टाचार र बेथितिविरुद्ध जेन-जी अर्थात् नयाँ पुस्ताले भदौ २३ गते राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा गरेका प्रदर्शनमा सरकारले दमन गर्दा १९ जना युवा मारिएपछि दोस्रो दिन आन्दोलन उग्र बनेको थियो।

प्रदर्शनकारी तोडफोड, आगजनी र नेतामाथि हातपातमा उत्रिएपछि भदौ २४ गते बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक अन्तरिम सरकार गठन प्रक्रियामा अघि बढेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या बिहीबार साँझसम्म ३६ पुगिसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपचारका क्रममा बिहीबार थप २ जना घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या ३६ पुगेको हो।

आन्दोलनका क्रममा घाइते भएकामध्ये बिहीबारसम्म १,३३० जना डिस्चार्ज भइसकेका छन्। हाल ३२२ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com